दार्जीलिङ: गोर्खाहरूले देशको निम्ति धेरै त्याग र बलिदानहरू दिएको छ अब गोर्खाहरूलाई दिने पालो देशको सरकारको हो यो मनतब्य हाम्रो पार्टीको केन्द्रीय प्रबक्ता श्याम गौतमले पोखेको हो।प्रबक्ता गौतमले अधि भने विगतको चूनावहरूमा भारतीय जनता पार्टीले आफ्नो संकल्प पत्रहरूमा गोर्खा समुदायको ११ जात गोष्ठीहरूलाई जन जातिमा समाबेश गर्ने साथै गोर्खाहरूको दीर्धकालिन समस्यालाई स्थायी राजनैतिक समाधान गर्ने आदि जस्ता लिखित वाचाहरू गरेका छन। देश स्वाधीन भएको यतिका बर्षहरू विति सक्दा गोर्खा हरूले न्याय पाउँन सकेको छैन यी विषयहरू केन्द्रको भाजपा सरकारलाई हाम्रो पार्टीको केन्द्रीय प्रबक्ता श्याम गौतमले पूनः स्मरण गराएका छन।तिनले अधि भने गोर्खाहरूले देशको निम्ति धेरै त्याग र बलिदानहरू दिएको छ, अब देशको सरकारले गोर्खाहरूलाई न्याय दिनु पर्छ प्रबक्ता श्याम गौतमले भने। शीतकालिन संसदीय अधिबेशन शुरू हुन अधि नै हाम्रो पार्टीले केन्द्रीय गृहमंत्री अमित शाह र दार्जीलिङको भाजपा संसद राजु विष्टलाई पत्रचार गरेर यी विषयहरूको स्मरण गराउने कार्य गरी सकेको छ। शीतकालिन संसदीय सत्र जारी छ। केन्द्रको भाजपा सरकारमाथि गोर्खाहरूले आशा र भरोसा गरेर बसेको छ। केन्द्रको भाजपा सरकार ले चाहे सवै थोक गर्न सक्छ भन्ने विगतका दिनहरूमा प्रमाणित गरी सकेको छ।तीन तलाकको समस्या, राम मन्दिरको समस्या, लेह लददखको समस्या, काश्मीरको समस्या आदि जस्ता समस्याहरू चुटकीमा समाधान गरेर देखाई सकेको प्रबक्ता श्याम गौतमले बताए। यी सवै विषयहरू देखेपछि हामी गोर्खाहरूको समस्याहरू पनि केन्द्रको भाजपा सरकारले गरी दिन्छ भन्ने पूनः आशाबादी रहेको प्रबक्ता श्याम गौतमले दोहोराए।तिनले अधि भने अब पनि भाजपाले गोर्खाहरूलाई न्याय दिन्दैन भने हामीले विकल्प खोज्न पर्छ प्रबक्ता श्याम गौतमले भने। जति बेला केन्द्रमा भाजपाको सरकार थिएन, त्यस समयदेखि हामीले भाजपालाई संसद दिन्दै आई रहेका हौ। अहिले देशमा भाजपाको पूर्ण बहुमतको सरकार छ र पनि गोर्खाहरूले न्याय नपाउनु यो दुख लाग्दो विषय हो प्रबक्ता श्याम गौतमले भने।हामी भाजपालाई वचन दिन्छौ तपाईहरूले गोर्खाहरूसंगको वाचा पूरा गर्नु भए हामी फेरि तपाईहरूको साथमा खडा हुने छौ तर भाजपाले गोर्खाहरूसंग गरेको वाचा पूरा गर्दैन भने हामी पनि भाजपाको विकल्प खोज्न बाध्य हुने छौ प्रबक्ता श्याम गौतमले भने।