शहीद कप फूटबलः रेनो एफसी सेमिफाइनलमा

IMG_20220722_201033.jpg

२२ जुलाईः माल बस्ती युथ (गोरुबथान)-को तत्त्वावधानमा आयोजित शहीद कप नक्आउट फूटबल टुर्नामेण्ट २०२२-मा रेनो एफसी (गोरुबथान)-ले सजिलै जीत हासिल गरी सेमिफाइनलमा स्थान बनायो। माल बस्ती खेल मैदानमा जारी यस इलेभेन ए साइड टुर्नामेण्टअन्तर्गत शुक्रवार भएको चौथो क्वार्टर फाइनल म्याचमा रेनो एफसीले न्यू संगम स्पोर्टिंग क्लब (लोवर फागु)-लाई ४-०-ले पराजित गऱ्यो। टुर्नामेण्टका दुईवटा सेमिफाइनल म्याच २३ र २४ जुलाईमा खेलिनेछ। यसरी नै फाइनल म्याच २७ जुलाईमा हुनेछ। टुर्नामेण्टमा विजेता हुने टीमलाई ५० हजार रुपियाँको साथमा आकर्षक ट्रफी प्रदान गरिनेछ। यसरी नै उपविजेता टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक समितिको पक्षबाट जानकारी दिइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement