कोप-२८ मा सहभागी हुन मिस नेपाल वर्ल्ड सृच्छा प्रधान दुबईमा

Screenshot_20231207_153827_Dailyhunt.jpg

काठमाडौं: अहिले दुबईमा राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप २८) जारी छ। मिस नेपाल सृच्छा प्रधान पनि उक्त सम्मेलनका लागि त्यहाँ छिन्। वातावरणकी विद्यार्थी समेत रहेकी उनले नेपाल पेभेलियनमा भैरहेका छलफलमा भाग लिइरहेकी छिन्।
इन्स्टाग्रामामर्फत सृच्छाले कोप-२८ सम्मेलनको क्रमका ताजा तस्वीर र भिडियो सार्वजनिक गरेकी छन्। जहाँ, उनले मिस नेपालको तर्फबाट नेपालले भोग्नुपरेका चुनौति र समस्या समाधानबारे कुरा गरिरहेको देख्न सकिन्छ। द हिडन ट्रेजरका अनुसार सम्मेलन चलुञ्जेल सृच्छा दुबईमा हुनेछिन्। उनले कोप सम्मेलनमा आफ्नो रुचि बहुप्रजातिको न्याय, समुदाय केन्द्रित क्लाइमेट एक्सन र उद्यमशिलता रहेको उल्लेख गरेकी छन्। ‘साथै म युवा हुनुको नाताले मैले के विश्वास गर्नुपर्छ र आजको मिस नेपालले के सिक्नुपर्छ भन्ने कुरा सिक्न म खुला छु’ इन्स्टाग्राम वक्तव्यमा सृच्छाले भनेकी छन्, ‘हामीसँग समय कम छ तर, यसले हामीलाई एक हुन मौका प्रदान गरेको छु।’ उनले कोप सम्मेलनको क्रममा आफू छलफल सत्रमा सहभागि हुने उल्लेख गरेकी छन्। यो महत्वपूर्ण संवादमा मान्छेलाई निकट ल्याउनेबारे आफू सक्रिय रहेको भन्दै उनले यसमा आफूलाई मद्दत गर्न आग्रह गरेकी छन्। यसैबीच, मिस अर्थको प्रतिस्पर्धाका लागि मिस नेपाल अर्थ रेना मजगैयाँ यतिबेला भियतनाममा छिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement