गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले आज केन्द्रिय वित्त मन्त्री निर्मला सीतारमणलाई नयॉं दिल्लीको संसद भवनस्थित उनको कार्यालयमा भेट गरे।
यस भेट अवधि मुख्यमन्त्रीले केन्द्रिय मन्त्री सीमारमणलाई ३-४ अक्टोबर, २०२३ को राति सिक्किममा आएको प्राकृतिक आपदा र सिक्किमेहरूले झेल्नु परेको विपद्को बारेमा जानकारी गराए।
प्राकृतिक आपदाले कृषि, पशुधन, पेयजल, सडक एवं पुल, उर्जा, शिक्षा, स्वास्थ्य, शहरी विकास, ग्रामीण विकास, भवन तथा आवास लगायत अन्य क्षेत्रलाई पुऱ्याएको व्यापक क्षतिको बारेमा पनि उनले जानकारी गराए।
मुख्यमन्त्री तामाङले केन्द्रिय वित्त मन्त्रीलाई टिस्टा बाढ़ प्रभावितहरूको निम्ति दीर्घकालीन पुनर्स्थापना र पुनर्वासको निम्ति वित्तीय सहायताको माग गर्दै ज्ञापन बुझाए।