गोर्खा जातीय रीति अनुसार आज सिन्दुर पोते सम्पन्न
खरसाङ: खरसाङकी छोरी डा दिक्षा छेत्री अाजदेखि आधिकारिक रूपमा राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीकी बुहारी बनिन्। आज खरसाङको नयाँ बजारस्थित टाउन हलमा खरसाङको नयाँ बजार निवासी एंव खरसाङ नगरपालिकाको बड़ाबाबु सुरेन कटुवाल छेत्रीकी सुपुत्री डा. दिक्षा छेत्रीको सिन्दुर पोते राज्य मुख्यमन्त्री ममता ब्यानर्जीकी भाइ कार्तिक ब्यानर्जीको सुपुत्र अबेस ब्यानर्जीसित भएको छ। दुवै सिन्दुर पोते गोर्खा जातीय रीति अनुसार सम्पन्न भएको छ। यस अवसरमा बेहुला पक्षबाट तृणमूल कंग्रेसको राष्ट्रिय महासचिव एंव अभिषेक ब्यानर्जी र आफान्तहरू उपस्थित रहेका थिए। उक्त सिन्दुर पोते कार्यक्रममा मुख्यमन्त्री ममता भने उपस्थित भएनन्। अर्कोतिर यस विवाह कार्यक्रममा जीटीए चिफ् अनित थापा, जीटीएको डेपुटी चेयरम्यान राजेस चौहान, पूर्व सांसद एंव हिल तृणमूल नेत्री शान्ता छेत्री लगायत अन्यहरू उपस्थित रहेकी थिइन्।

उक्त विवाहलाई लिएर खरसाङमा सुरक्षा व्यवस्था कठोर गरिएको थियो। खरसाङको नयाँ बजारस्थित टाउन हलमा सुरक्षाको कठोर व्यवस्था गरिएको थियो। यस टाउन हल र वरिपरि झलमल्ल सजाइएको थियो।