उत्तरकन्या अभियानमा सहिद भएका भाजपा कार्यकर्ता उलेन रायको पुण्यतिथि पालन

b9265ab7-dc81-47c0-974d-19bcacdfff8c-1024x576.jpg

राजगञ्ज: उत्तरकन्या अभियानमा सहिद भएका भाजपा कार्यकर्ता उलेन रायको पुण्यतिथि आज पालन गरियो। राजगञ्जको मन्तादारीमा आज दिवङ्गत भाजपा कार्यकर्ता उलेन रायको पुण्य तिथि सम्मानको साथमा मनाइयो। यस अवसरमा जलपाईगढी जिल्ला अध्यक्ष बापी गोस्वामी, भाजपाका जिल्ला सचिव श्याम प्रसाद, युवा अध्यक्ष पलेन घोष लगायत अन्य भाजपा नेता उपस्थित थिए। भाजपा जिल्ला अध्यक्ष बापी गोस्वामीले भने, राज्य सरकारको विभिन्न जनविरोधी नीतिहरूविरुद्ध गत ७ दिसम्बर २०२० मा उत्तरकन्या अभियानको आह्वान गरिएको थियो।यस अभियान अवधि पुलिस फायरिङमा भाजपा कार्यकर्ता उलेन रायको मृत्यु भएको थियो। आज तिनको स्मरणमा श्रद्धाञ्जलि अर्पण गरिएको हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement