दार्जिलिङ: दार्जिलिङ पहाड़को उच्च स्थानमा रहेको सन्दकपु क्षेत्रमा वर्षको पहिलो हिमपात भएको छ। सन्दकपु क्षेत्रमा हिउँ परेपछि पहाड़को विभिन्न क्षेत्रहरूमा भने जाड़ो बढेको छ।

केही दिनदेखि यता अचानक बढेको जाड़ोबीच आज दार्जिलिङको सबैभन्दा उच्च स्थानमा रहेको सन्दकपु क्षेत्रमा हिउँ परेर सेताम्मे भएको छ। सन्दकपुमा हिउँ परेपछि दार्जिलिङ पहाड़ घुम्न आएका पर्यटकहरूमा खुशीको लहर छाएको छ।

अर्कोतिर सन्दकपुमा वर्षको पहिलो हिमपात भएसितै पहाड़मा जाड़ो निक्कै बेसी बढेको छ भने पानी झरीको मौसमसितै अचानक जाड़ो निक्कै बेसी बढ़ेको छ।