खरसाङ: २८ नम्बर खरसाङ देवराली समष्टी अन्तर्गत चिमनी देवराली ग्राम पञ्चायत अन्तर्गत सिमानाटार बस्तीमा एकजना मेरूदण्ड रोगले ग्रसित बिमारी शैलेस लेप्चालाई जीटीए चिफ् अनित थापाको सहयोगमा आर्थिक सहयोग प्रदान गरिएको छ। उक्त आर्थिक सहयोग सिमानाटार बस्तीस्थित बिमारीको घरमै गएर सहयोग गरिएको छ। यस अवसरमा चिमनी देवराली ग्राम पञ्चायतको पञ्चायत समिति सदस्य दिनेश तामाङ, पञ्चायत सदस्य दिपेस थापा, नारी शक्ति २८ नम्बर समष्टीको सभापति सुष्मा मुखिया, सचिव ललिता छेत्री, युवा शक्तिबाट अनुुप तामाङ र बिजय गोले लगायत अन्यहरू उपस्थित रहेका थिए। यस अवसरमा बोल्दै पञ्चायत सदस्य दिपेस थापा र नारी शक्तिको समष्टी सचिव ललिता छेत्रीले चिमनी देवराली ग्राम पञ्चायतको सिमानटार बस्तीको बिमारीलाई आर्थिक सहयोग प्रदान गरेकोमा जीटीए चिफ् अनित थापा र क्षेत्रीय सभासद श्याम शेर्पालाई धन्यवाद दिएका छन्। उक्त सहयोगको लागि बिमारी शैलेस लेप्चाकी माता निलु लेप्चाले सबैलाई धन्यवाद दिएकी छन्।