गान्तोक: अखिल किरात राई संघ (अकिरासं), सिक्किमको युवा प्रकोष्ठको तत्वावधानमा एकेआरएसंस विद्यार्थी प्रकोष्ठको गठन आज तादोङ लुम्से ५ माइलस्थित राई खिमको प्रेक्षागृहमा आयोजन गरियो।
यस सभाको अध्यक्षता अखिल किरात राई संघ, सिक्किम केन्द्रिय कार्यकारी समितिका मूल सचिव आरके वालिङले गरेका थिए।
उक्त सभामा एकेआरएसंस विद्यार्थी प्रकोष्ठको पूर्व जिल्ला समिति गठन गरियो,जसमा विद्यार्थी प्रकोष्ठमा मुख्य समन्वयक देवान राई, सचिव दर्शन राई, कोषाध्यक्ष नितेश राई, सांस्कृतिक समन्वयक मनिषा राई, सरिना राई अनि अनुराग राईलाई चयन गरिएको छ। यसरी नै तादोङ कलेजका समन्वयक नीरज राई र सुष्मिता राई, बुर्तुक कलेजका समन्वयक प्रवीण राईलाई चयन गरिएको छ।
यस्तै प्रकारले राज्यका अन्य कलेजका समन्वयकहरू पनि चयन गरिने आजको सभाले निर्णय लिइएको छ। सभामा एकेआरएसंस युवा प्रकोष्ठका अध्यक्ष मोहनराणा साम्पाङ, मूल सचिव कविता खालिङ, एकेआरएस संविधान मस्यौदा समितिका सदस्य प्रदीप राई अनि युवा प्रकोष्ठका सदस्य अभिषेक राई पनि उपस्थित रहेका थिए।