गेजिङ: गेजिङमा सञ्चालित कृषि विज्ञान केन्द्रले ७७औं कृषि सप्ताह आज कृषि विज्ञान केन्द्रको प्रेक्षागृहमा पालन गऱ्यो। यस कार्यक्रमको थिम भारतलाई ५ ट्रिलियन डलरको अर्थतन्त्र र दिगो विकास लक्ष्य (एसडीजी) बनाउन सहकारीको भूमिका रहेको थियो।
यस अवसरमा सिस्को व्याङ्कका शाखा प्रमुख कर्मा भोटिया मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथिले सहकारिता विभागले प्रदान गर्ने योजनाको अधिकतम लाभ लिनु पर्ने आग्रह गर्दै सबै सहयोगीहरुलाई मिलेर काम गर्नुपर्ने सुझाउ दिए। उनले सहकारी कर्मचारीहरूलाई ऋण लिनेहरूका लागि एफएलसी आयोजना गर्नुपर्ने साथै किसान क्रेडिट कार्ड र सम्वन्धित ऋणहरूबारे सचेतना गर्न व्याङ्कका कर्मचारीहरूलाई आमन्त्रित गर्नुपर्ने आग्रह गरे।
उनले सहकारी सदस्याहरूलाई एमपीसीएसबाट विभिन्न प्रकारको व्यवसायहरू शुरु गर्न ऋण लिन प्रोत्साहन गरे। यसै क्रममा सिक्किम मिल्क यूनियन, सिस्को ब्याङ्क र एमओभीसीडीबाट प्रतिनिधित्व गर्ने स्रोत वक्ताहरूले सहयोगीहरूलाई सहयोग मिशन विकास गर्ने सम्भावनाहरूबारे जागरूक गराए।