गान्तोक: नेशनल कपरेटिभ डेयरी फेडरेशन अफ् इण्डियाले आफ्नो ५३औं स्थापना दिवस राजधानीस्थित चिन्तन भनमा भव्यताको साथमा पालन गऱ्यो। आजको कार्यक्रममा मुख्य अतिथिको रुपमा राज्यका कृषि तथा पशुपालन विभागीय मन्त्री लोकनाथ शर्मा उपस्थित थिए।
यसरी नै विशिष्ट अतिथिको रुपमा एनसीडीएफआईका अध्यक्ष डा. मंगलजीत राई लगायत अन्यको उपस्थिति रहेको थियो।
आजको कार्यक्रममा मुख्य अतिथि लगायत अन्य विशिष्ट अतिथिको बाहुलिबाट स्मार्ट डेयरीको निम्ति फार्म इक्युपमेन्टहरूको उद्घाटन गरियो। यसका साथै विभिन्न दुध उत्पादन सहकारी समितिहरूलाई पनि आज पुरस्कृत गरियो।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लोकनाथ शर्माले विभिन्न राज्यबाट यो कार्यक्रममा सहभागी बन्न आएका ग्वालाहरूलाई सिक्किम राज्यमा स्वागत जनाए। उनले सिक्किम राज्यमा सरकारले ग्वालाहरूको जीवनस्तर बढ़ाउनको निम्ति शुरु गरेको विभिन्न योजनाहरूबारे जानकारी गराए। विश्वमानै पहिलोपल्ट एसकेएम सरकारले ग्वालाहरूको सम्मानमा शुरु गरेको ग्वाला दिवसबारे पनि उनले चर्चा गरे।
सरकारले ग्वाहरूलाई दिइरहेको प्रोत्साहन राशीबारे पनि उनले चर्चा गरे। सिक्किम सरकारले कृषि क्षेत्रलाई प्राथमिकता दिएर कार्य गरिरहेको उनले बताए। अहिले कृषकहरूको आमदानी सरकारी अधिकारीहरूबन्दा धेर भएकोले जनाहरूले पनि कृषिलाई आफ्नो पेशाकोरुपमा लिनथालेको उनले बताए।
कृषकहरू नभए भोलिको संसारमा कुनै आहार नै नहुने सत्य तथ्यलाई उजगार गर्दै सबै यो क्षेत्रमा अघि आउनुपर्ने उनले आह्वान गरे। कृषि क्षेत्र नै भोलिको समृद्ध सिक्किमको बाटो भएको हुँदा कृषि क्षेत्रमा लागेर युवाहरूले आफ्नो जीवनको स्तर बढ़ाउने पनि उनले आह्वान गरे।