गान्तोक: आगामी १० दिसम्बरको दिन विशाखापतनममा आयोजना हुने पडेरू अलट्राइब ८० किलोमिटर दौडमा सहभागी जनाउन आज राज्यका म्याराथन म्यान अमर सुब्बाले प्रस्थान गरेका छन्।
सुब्बाले जानकारी गराए अनुसार, यो प्रतियोगिता भारतको इटरा राष्ट्रिय लीगमा सामेल गरिएको र यसलाई यूटीएमबी इन्डेक्समा पनि समावेश गरिएको छ। यस प्रतियोगितामा सहभागी बनि अन्तसम्म रहेका धावकहरूले यूटीएमबी इन्टरनेशनल रेसमा भविष्यमा अंशग्रहण गर्न अवसर पाउने छन्।
सबै मापदण्ड पूरा गर्ने धावकहरूलाई आगामी वर्ष २०२४ मा हुने विश्व च्याम्पियनसिप ट्रायल रेसका लागि छनोट गरिने सुब्बाले जानकारी गराएका छन्।