खरसाङ: दार्जिलिङ जिल्ला ट्रक मालिक एसोसिशनको सभा आज खरसाङको गिध्द पहाड़स्थित केन्द्रीय कार्यालयमा सम्पन्न भएको छ। उक्त सभामा चर्चा परिचर्चापछि नदीको घाटहरू बन्द गरिएकोले शुक्रबारदेखि ट्रकहरू कुदाउन असमर्थ रहने र ट्रकहरू नकुदाउने निर्णय गरिएको छ। सभामा दार्जिलिङ जिल्ला ट्रक मालिक एसोसिएशनको पदाधिकारीहरूले गिटी, बलुवा ल्याउनलाई नदीको घाट नै बन्द गरिएपछि ट्रक चालकहरू र मालिकहरूमा धेरै समस्या हुने भएकोले शुक्रबारदेखि ट्रकहरू नकुदाउने भएको छ। नदीको घाटहरू कुनै सूचना वा कुनै नोटिफिकेशनबिना नै बन्द गरिएको भन्दै भोलि शुक्रबारदेखि ट्रकहरू बन्द गरिने भएको छ। यस विषयमा पत्रकार सम्मेलन बोलाएर दार्जिलिङ जिल्ला ट्रक मालिक एसोसिएशनको उप सभापति दर्पण सिंहले हामी दार्जिलिङ जिल्ला ट्रक मालिक संगठनको पदाधिरीहरू भएकोले परिवारको समस्याहरू र कुराहरू सुन्नुपर्छ भन्दै बिहीबारदेखि कुनै नोटिफिकेशनबिना नै नदीको घाटहरू बन्द गरिएको छ र यसै विषयमा हामी समक्ष गुनासोहरू राखेको कारणले शुक्रबारदेखि ट्रकहरू कुदाउन असक्षम छौं भनी बताएका छन्। उनले भने, ‘नदीको घाटहरू बन्द भएपछि ट्रकहरू कुदाउने अवस्थामा छैनौं। ट्रकहरू नकुदेपछि पहाड़को जनतालाई पर्न गएको असुविधाको लागि हामी क्षमा चाहान्छौं।’
यस विषयमा दार्जिलिङ जिल्ला ट्रक मालिक एसोसिएशनको सभापति मन्ना त्रिखत्रीले पत्रकारहरूलाई सम्बोधन गर्दै नदीको घाट बन्द गरिएकोले ट्रकहरू कुदाउने अवस्थामा छैन र शुक्रबारदेखि ट्रकहरू नकुद्ने भएको जानकारी गराएका छन्। सभापति मन्ना त्रिखत्रीले भने, हामीले यही घाट बन्द गरिएको र रोयल्टी विषयमा गत १९ फरवरी २०२३ जीटीए चिफ् अनित थापा, जिल्लापाल, भूमि सुधार विभागको अधिकारीसित सभा बसेका थियौं। सभामा उनीहरूले वचन पनि दिएका थिए। तर नौ महिनापछि बन्द भएको छ। यसरी बारम्बार घाटहरू बन्द हुँदा धेरै कुराको समस्या हुन्छ। यसको कारण हाम्रो सबै व्यवसायहरू बन्द भएको छ। हाम्रो तिर्नु पर्ने कुराहरु तिर्नलाई असमर्थ हुनेछौं। हाम्रो परिवार चल्नुलाई कठिनाई पर्छ। नानीहरू पढ्नुपर्छ। तर यसरी अचानक नदीको घाट बन्द भएपछि ट्रकहरू कुद्ने अवस्थामा छैन।’
सभापति मन्ना त्रिखत्रीले अघि भने, अहिले पहाड़मा मुख्यमन्त्री आएकी छन् र अन्य मन्त्रीहरू पनि छन् र यही बेला हामीमा समस्या उत्पन्न भएको छ कि नदीके घाटहरू अचानक बन्द गरिएको छ। त्यसैले शुक्रबारदेखि ट्रकहरू कुद्ने अवस्थामा छैन।’