एनिमल’को कमाई ६ दिनमा ३ सय करोड

IMG-20231207-WA0231.jpg

नयाँ दिल्ली: रणवीर र बबीको फिल्म ‘एनिमल’ले ठूलो पर्दामा रिलिज भएदेखि नै राम्रो कमाई गरिरहेको छ। यस फिल्मका निर्देशक सन्दीप रेड्डी वांगा हुन्। रिलिजको छैटौं दिनमा पनि फिल्मको कमाईमा कुनै कमी आएको छैन, फिल्मले बक्स अफिसमा लगातार कमाई गरिरहेको छ। यही कारणले गर्दा यो फिल्मले एकपछि अर्को धेरै रेकर्ड तोडिरहेको देखिन्छ। पाँच दिनको बम्पर कमाइपछि यो फिल्मले छैटौं दिनमा पनि ठूलो कलेक्सन गरेको छ।
एक रिपोर्टका अनुसार बुधबार यो फिल्मको नेट इण्डिया कलेक्सन ३० करोड रुपियाँ थियो। अर्थात् ६ दिनमा ‘एनिमल’ ले ३ सय करोडको आँकडा पार गरि देशभर ३१२.९६ करोड कमाएको छ। यस्तो अवस्थामा फिल्मले छैटौं दिनमा पनि धेरै फिल्मको रेकर्ड तोडेको छ। जसमा शाहरुख खानको ‘जवान’, ‘पठान’को नाम समावेश छ। ‘पठान’ले रिलिजको छैटौं दिन २५.५ करोडको व्यापार गरेको थियो भने ‘जवान’ले २४ करोड कमाएको थियो। फिल्म ‘एनिमल’ मा रणवीर कपूर, रश्मिका मन्डन्ना, अनिल कपूर, बबी देओल, शक्ति कपूर, सुरेश ओबेरोय, प्रेम चोपडा र तृप्ति डिमरी मुख्य भूमिकामा छन्। फिल्मलाई सन्दीप रेड्डी वांगाले निर्देशन गरेका हुन्, जो ‘कबिर सिंह’ र ‘अर्जुन रेड्डी’ निर्देशनका लागि परिचित छन्। भूषण कुमार र कृष्ण कुमारको टी-सिरिज, मुराद खेतानीको सिने१ स्टुडियो र प्रणय रेड्डी वाङ्गाको भद्रकाली पिक्चर्सद्वारा निर्मित, ‘एनिमल’ १ दिसम्बरमा रिलिज भएदेखि नै तरंगहरू सिर्जना गरिरहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *