आर्टिफिशियल इन्टेलिजेन्सका सबै आयामहरूलाई प्रबन्धन शिक्षासित जोड़्न आवश्यक छ: राष्ट्रपति

IMG-20231128-WA0149.jpg

नयाँ दिल्ली: राष्ट्रपति द्रौपदी मुर्मूले भनिन्, एआईको कारणले धेरैजना मानिसहरूलाई आफ्नो नोकरी जाने चिन्ता छ।

जसले एआईलाई बुझेर यसको सही प्रयोग गर्छ उनीहरूलाई आफ्नो नोकरी गुमाउने कुनै डर हुँदैन। उनले एआईका सबै आयामहरूलाई प्रबन्धन शइक्षासित जोड़्नेमाथि पनि बल दिइन्।

राष्ट्रपति मुर्मूले बिहीवार नयाँ दिल्लीको विज्ञान भवनमा लक्ष्मीपत सिङ्घानिया आईआईएम लखनऊ राष्ट्रिय लीडरशिप पुरस्कार समारोहलाई सम्बोधन गरिरहेकी थिइन्। राष्ट्रपति मुर्मूले भनिन्, आईआईएम लखनऊ औ यस प्रकारका अन्य संस्थाहरूले पनि अमृतकालमा भारतलाई विकसित राष्ट्र बनाउने लक्ष्यलाई केन्द्र गरेर पाठ्यक्रम बनाउनुपर्छ। उत्पादन र उत्पादकता बढ़ाउने अन्धो होड़ले मानवतालाई क्षति पुऱ्याइरहेको बताउँदै उनले जलवायु परिवर्तन र पारिस्थितिक गड़बढ़ी पनि त्यसैको परिणाम रहेको बताइन्। राष्ट्रपतिले भनिन्, आज सारा विश्व यो चुनौतीसित जुझिरहेको छ। अधिकांश लाभको अवधारणा पश्चिमी संस्कृतिको अङ्ग रहे पनि भारतीय संस्कृतिमा यस अवधारणालाई प्राथमिकता दिइएको छैन। तर भारतीय संस्कृतिमा उद्यमितालाई प्रमुखता दिइएको छ।

राष्ट्रपतिले भारतका युवाहरूले स्वरोजगारको संस्कृतिलाई अप्नाएकोमा खुसी व्यक्त गर्दै अघि भनिन्, भारत विश्वको तेस्रो सबैभन्दा ठूलो स्टार्टअप इकोसिस्टम हो। भारतको नाम दुनियाँको सर्वश्रेष्ठ यूनिकर्न हबमा लिइन्छ। यो हाम्रो देशका युवाहरूको तकनिकी ज्ञान अतिरिक्त त्यसको प्रबन्धन कौशल र व्यवसायिक नेतृत्वको पनि एउटा उदाहरण हो। भारतीय युवाहरूले विश्वका अग्रणी कम्पनीहरूको नेतृत्व पनि गरिरहेका छन्।

राष्ट्रपतिले भनिन्, देशलाई अधिक प्रभावी बनाउन तथा समावेशी विकासको लागि हामीले आफ्नो प्रबन्धन शिक्षण संस्थानहरूको शिक्षा प्रणालीमा केही परिवर्तन ल्याउनुपर्छ। उनले प्रबन्धक, शिक्षाविद् औ सङ्गठन प्रमुखहरूसित भारतीय प्रबन्धन अध्ययनलाई भारतीय कम्पनी, उपभोक्ता अनि समाजसित जोड़्ने आग्रह समेत गरिन्।

उनले भनिन्, विदेशहरूमा अवस्थित व्यवसायहरूमाथि केस स्टडीज औ लेखहरूको सट्टा भारतमा अवस्थित भारतीय एवं बहुराष्ट्रिय कम्पनीहरूमाथि केस स्टडीज लेखिनु र पढ़ाइनुपर्छ। हाम्रो प्रबन्धन संस्थानहरूले पनि आफ्नो शोध भारतस्थित शोध पत्रिकाहरूमाथि केन्द्रित गर्नुपर्छ। ती भारतीय पत्रिकाहरूमाथि विशेष ध्यान दिनुपर्छ जुन मुक्त पहुँच क्षेत्र (ओपन एक्सेस डोमेन)-मा छ अनि जुन देशका विभिन्न भागमा पढ़्ने हरेक वर्गका विद्यार्थी र शोधकर्ताहरूको लागि सुलभ छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement