रक्षामन्त्री सिंहले गरे बाढ़ी प्रभावित चेन्नई अनि वरपरका क्षेत्रहरूको हवाई सर्वे

105816028.jpg

नयाँ दिल्ली: रक्षामन्त्री राजनाथ सिंहले बाढ़ी प्रभावित चेन्नई लगायत वरपरका क्षेत्रहरूको बिहीवार हवाई सर्वे गरे।

उनले चक्रवाती तूफान मिचौङ्गले पुऱ्याएको क्षय-क्षतिलाई लिएर तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनसित बातचित गरे। त्यसपछि राजनाथले संयुक्त पत्रकार वार्तामा बताए, प्रधानमन्त्रीले राज्य आपदा राहत कोष (एसडीआरएफ)-बाट आन्ध्र प्रदेशलाई ४९३.६० करोड़ रुपियाँ अनि तमिलनाडुलाई ४५० करोड़ रुपियाँ जारी गर्ने निर्देश दिएका छन्। दुवै राज्यलाई ४५० करोड़ रुपियाँको पहिलो किस्ता पहिला नै जारी गरिसकिएको छ।

राजनाथले बताए, प्रधानमन्त्री स्वयंले आपदा प्रभावित क्षेत्रहरूको स्थितिको जायजा लिरहेका छन्। यस सम्बन्धमा उनले मुख्यमन्त्रीसित पनि बातचित गरिसकेका छन्। केन्द्रको तर्फबाट उनी आश्वासन दिन चाहन्छन् कि सबै सम्भव सहयोग दिइनेछ। राहत कार्यहरूमा सेना, एनडीआरएफ एवं अन्य एजेन्सीहरूलाई खटाइएको छ।

आफूले आज हवाई सर्वे गरी बाढ़ीको स्थितिको जायजा लिएको अनि मुख्यमन्त्री र सम्बन्धित मन्त्रीहरूसित सोझो बातचित गरेको अवगत गराउँदै उनले अघि भने, केन्द्र सरकारले चेन्नईमा बाढ़ीको बढ़्दो घटनाहरूलाई मध्यनजर गर्दै यसको सामना गर्नका लागि तयार योजनामा ५०० करोड़ रुपियाँको केन्द्रिय सहायतालाई स्वीकृति दिएको छ। साथै राष्ट्रिय आपदा शमन कोष (एनडीएमएफ) अन्तर्गत चेन्नई बेसिन परियोजनाको लागि एकीकृत शहरी बाढ़ी प्रबन्धन गतिविधिहरू सञ्चालन गरिनेछ।

यसअघि गृहमन्त्री अमित शाहले एक्समा जानकारी गराउँदै भने, भीषण चक्रवाती तूफान मिचौङ्गले तमिलनाडु र आन्ध्र प्रदेशलाई प्रभावित पारेको छ। यद्यपि क्षतिको सीमा अलग-अलग छ। यी राज्यहरूका कतिपय क्षेत्रहरू अहिले पनि पानीमा डुबेका छन् जसले खड़ी फसललाई प्रभावित पारिरहेको छ। प्रधानमन्त्रीले चक्रवाती तूफानबाट आवश्यक राहत प्रबन्धनमा राज्य सरकारहरूलाई सहयोग गर्नका लागि गृह मन्त्रालय (एमएचए)-लाई एसडीआरएफको दोस्रो किस्ताको केन्द्रिय भाग अग्रिम रूपमै जारी गर्ने निर्देश दिएका छन्।

एसडीआरएफको दोस्रो किस्ता अन्तर्गत आन्ध्र प्रदेशलाई ४९३.६० करोड़ रुपियाँ र तमिलनाडुलाई ४५० करोड़ रुपियाँ जारी गरिनेछ। केन्द्रले दुवै राज्यलाई समान राशिको पहिलो किस्ता जारी गरिसकेको छ। उनले भने, “म सबै प्रभावित मानिसहरूको सुरक्षा र भलाईको लागि प्रार्थना गर्छु। हामी यस घड़ीमा उनीहरूको साथमा छौं साथै यो सुनिश्चित गर्नेछौं कि स्थिति चाँड़ै सामान्य होस्।”

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement