पहाड़सित हाम्रो रगतको सम्बन्ध जोडिएको छ र पहाड़ हाम्रो आफ्नै घर बनेको छ: मुख्यमन्त्री ममता

IMG-20231207-WA0228.jpg

खरसाङ: पहाड़सित हाम्रो रगतको सम्बन्ध जोडिएको छ। पहाड़सित हाम्रो गहिरो सम्बन्ध बनेको छ। पहाड़ हाम्रो आफ्नै घर बनेको छ। पहाड़ र समतलमा समान सम्बन्ध तयार भएको छ भनी राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले आज खरसाङको मकैबारी चियाबारीमा बताएकी छन्। आज उनी मकैबारी चियाबारी क्षेत्रको भ्रमणमा निस्केका थिए जहाँ उनले मकैबारी चियाबारीको श्रमिकहरूसितै नेपाली जातीय पोशाक चौबन्दी चोलो र साडी लगाएर आफै टोकरी बोकेर चियापत्ती पनि टिपेकी थिइन्। यस अवसरमा उनले चियाबारी श्रमिकहरूलाई जाड़ोमा न्यानो कम्बलहरू पनि वितरण गरेका थिए भने चियाबारीमा बसेर चिया पनि पिएकी थिइन्। यस अवसरमा स्थानीयहरूले उनलाई सांस्कृतिक कार्यक्रम अायोजना गरेर स्वागत पनि जनाएका थिए। यसै अवसरमा स्थानीयहरूलाइ सम्बोधन गर्दै मुख्यमन्त्री ममताले आज धेरै रहेको बताउँदै पहाड़मा चियाबारीहरू रहेको र यहाँ आएर आनन्द महसुस हुने बताइन्। उनले आफुले चियाबारीमाथि र दार्जिलिङ विषयमा कविता पनि लेखेको जनाइन्।

मुख्यमन्त्री ममताले भनिन् – ‘आज म धेरै खुशी छु। यहाँको चियाबारी श्रमिकहरूसित बसेर जातीय पोशाक लगाएर चियापत्ती टिप्नु सिके। याे मेरो लागि ठूलो शिक्षा भयो। हामी पहाड़प्रति र अनित थापाप्रति आभारी छौं। यहाँको श्रमिकहरूलाई पनि धन्यवाद छ। चियाबारीको श्रमिकहरूको लागि चिया पिउनेछु। पट्टा पनि वितरण गर्नेछु तर यो कुरा आज होइन भोलि हुने सरकारी कार्यक्रममा गर्नेछु। सबैजना खुशी रहनु होस्।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement