कोलकाताः कलकत्ता उच्च न्यायालयले राष्ट्रगानको अपमानलाई लिएर भाजपा विधायकहरू विरूद्ध दर्ता मामिलामा ठूलो राहत दिएको छ। यसका साथै पश्चिम बंगाल सरकारलाई चेताउनी दिँदै राष्ट्रगानलाई हतियार सरह प्रयोग नगर्नु भनेको छ। बिहिवार जस्टिस जय सेनगुप्ताले भने, भाजपा विधायकहरू विरूद्ध मामिलामा रोक १७ जनवरीसम्मको निम्ति रहनेछ। यस मामिलाको आगामी सुनवाई १० जनवरीमा हुनेछ।
न्यायमूर्ति जय सेनगुप्ताले भने, राष्ट्रगानको सम्मान गरिनुपर्छ। यसलाई हतियारको रूपमा प्रयोग गर्न मिल्दैन। एकातिर भाजपा विधायकले नारा लगाइरहेका थिए, अर्कोतिर सत्ता पक्षले धरना कार्यक्रम गरिरहेको थियो। दुवै घटनाहरू लगभग एकै समयमा शुरू भयो। नारा पहिलेदेखि नै चलिरहेको थियो। अर्कोतिर, अचानक राष्ट्रगान शुरू भयो।
न्यायमूर्ति सेनगुप्ताले यस सन्दर्भमा टिप्पणी गरे, एक पार्टी एसएससी भ्रष्टाचारको आरोपहरू विरूद्ध विरोध प्रदर्शन गर्न चाहन्छ। तपाईले त्यहाँ राष्ट्रगान गायो भने के उनीहरू रोकिनेछन् ? जजले भने, दोस्रो कार्यक्रमबाट राष्ट्रगान शुरू भयो। उनका उकील राजदीप मजूमदारले भने, वादी पक्षले पनि यस घटनालाई स्वीकार गरेको छ। उनले सत्ता पक्षको आरोपहरूलाई खारेज गरेनन् तर कुन परिस्थितिहरूमा राष्ट्रगान बजाइनेछ, यो निर्णयको विषय हो। यस्तो स्थितिमा राष्ट्रगान शुरू हुनअघि नारा लगाइएन। नारा त पहिलेदेखि नै चलिरहेको थियो। कोर्टले भन्यो, यदि कतै दंगा भइरहेछ, त्यहाँ राष्ट्रगान बजाइयो भने के त्यहाँ दंगा रोकिनेछ।
-हिस