२०२४ हज: तीर्थयात्रीका साउदी अरबले खोल्यो नाम दर्ता

IMG-20231207-WA0213.jpg

इस्लामका दुई पवित्र शहर मक्का र मदिनाको घर साउदी अरबले हज २०२४ को तयारी शुरु गरेको छ। साउदी अरबले हजका लागि अनलाइन नामांकन खुला गरेको छ। यद्यपि, यो नामांकन हाल केही देशहरूको लागि मात्र खुला छ। अमेरिका, युरोप र अष्ट्रेलियाका मुस्लिमहरूले मात्र हजका लागि अनलाइन नामांकन भर्न सक्छन्। साउदी अरेबियाको हज तथा उमराह मन्त्रालयले माइक्रो ब्लगिङ साइटमा यसको जानकारी दिएको छ। नुसुक प्लेटफर्ममार्फत अनलाइन नाम दर्ता गर्न सकिनेछ। नुसुक हज प्लेटफर्म सन् २०२२ मा हज र उमराह मन्त्रालयले शुरु गरेको थियो। यसको उद्देश्य हज यात्रीहरूको यात्रालाई सहज बनाउनु हो।
हाल साउदी अरेबियाले नेपाल र अन्य एसियाली देशका मुस्लिमहरूको दर्ता प्रक्रिया शुरु गरेको छैन। हज २०२४ को लागि भिसा १ मार्चबाट उपलब्ध हुन सुरु हुनेछ र २४ अप्रेलसम्म भिसाका लागि आवेदन गर्न सकिन्छ। मक्का जानु र हज गर्नु इस्लाममा सबैभन्दा पवित्र मानिन्छ। हजलाई इस्लामको पाँच पवित्र स्तम्भ मध्ये एक मानिन्छ। हज गर्नु इस्लाम धर्म मान्नेहरूको धार्मिक कर्तव्य मानिन्छ। इस्लाममा आर्थिक र शारीरिक रूपमा सक्षम मुस्लिमलाई हज गर्न अनिवार्य मानिन्छ। हज गर्नाले पापहरु पखालिन्छ र अल्लाहले प्रार्थना सुन्नुहुन्छ भन्ने विश्वास गरिन्छ।
साउदी अरेबिया पहिले रूढिवादी इस्लामिक नीतिहरू पछ्याउँदै थियो तर मोहम्मद बिन सलमानको आगमन पछि साउदी अरब उदार इस्लामको बाटोमा रहेको छ। साउदी अरेबियाका वास्तविक शासक मोहम्मद बिन सलमानले महिलाको सन्दर्भमा धेरै ठूला सुधारहरू गरेका छन्। यसअन्तर्गत महिलालाई एक्लै हज गर्न पनि अनुमति दिइएको छ। पहिले महिलाहरु पुरुष सहयात्री (महरम) बिना हज जान पाउँदैनथे, तर अब साउदी अरबले महिलाहरुलाई एक्लै हज गर्न अनुमति दिएको छ। हरेक वर्ष विश्वभरबाट लाखौं मुस्लिम हज गर्न साउदी अरेबिया पुग्छन्। सन् २०२३ मा १८ लाखभन्दा बढी मानिस हजका लागि आएका थिए। यो कोभिड पछि सबैभन्दा धेरै हाजी संख्या हो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *