गौतम अडाणी: विश्वकै १४औं धनी व्यक्ति

gautam_adani_net_worth_16-sixteen_nine.jpg

नयॉं दिल्ली: देशका प्रमुख उद्योगपति गौतम अडाणी एकपल्ट फेरि विश्वको टप १५ धनी व्यक्तिहरूको सूचीमा सामेल भएका छन्। अमेरिकी शर्ट सेलर कम्पनी हिन्डनबर्ग रिसर्चको रिपोर्टका कारण ठूलो झट्का जेल्ने गौतम अडाणीको सम्पत्ति एकपल्ट फेरि ८६.०२ अरब डलरको स्तरमा पुगेको छ। अडाणी अब विश्वको सबैभन्दा धनी व्यक्तिहरूको सूचीमा १४औं स्थानमा परेका छन्।

टोटल नेटवर्थको मामिलामा अडाणी देशको सबैभन्दा धनी उद्योगपति मुकेश अंबानीभन्दा केवल ६.२ अरब डलर पछाडि छन्। मुकेश अंबानी अहिले ९२.४ अरब डलरको टोटल नेटवर्थको साथमा विश्वकै सबैभन्दा धनी व्यक्तिहरूको सूचीमा १३औं स्थानमा छन्।

ब्लूमबर्ग बिलियनर्स इन्डेक्सको बिहिवारको रिपोर्ट अनुसार, गौतम अडाणीको टोटल नेटवर्थ गत व्यापार दिन बुधवार ३.७१ अरब डलरको बढोतरीको साथमा ८६.०२ अरब डलरको स्तरमा पुगेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *