रेवन्त रेड्डीले तेलङ्गानाका मुख्यमन्त्री र भट्टी विक्रमार्कले उपमुख्यमन्त्री पदको शपथ लिए

IMG-20231207-WA0225.jpg

हैदराबाद: कङ्ग्रेस नेता रेवन्त रेड्डीले तेलङ्गानाका नयाँ मुख्यमन्त्रीको रूपमा शपथ ग्रहण गरे। राज्यपाल डा. तमिलिसाई सुन्दरराजनले रेड्डीलाई मुख्यमन्त्री पद अनि गोपनीयताको शपथ दिलाए।

भट्टी विक्रमार्क मल्लूले तेलङ्गानाका उपमुख्यमन्त्रीको रूपमा शपथ लिए। वर्ष २०१४ मा छुट्टै राज्य तेलङ्गाना गठन भएदेखि रेवन्त रेड्डी राज्यका दोस्रो मुख्यमन्त्री हुन्।

तेलङ्गानाको एलबी स्टेडियममा आयोजित शपथ ग्रहण समारोहमा कङ्ग्रेसकी वरिष्ठ नेता सोनिया गान्धी, कङ्ग्रेसका राष्ट्रिय अध्यक्ष मल्लिकार्जुन खड़गे, पूर्व अध्यक्ष राहुल गान्धी, कर्णाटकका मुख्यमन्त्री सिद्धरमैया, हिमाचलका मुख्यमन्त्री सुखविन्दर सिंह सुक्खू उपस्थित थिए।

यसरी नै मन्त्री पदमा शपथ लिनेहरूमा एन. उत्तम कुमार रेड्डी, सी. दामोदर राजनरसिम्हा, कोमाटिरेड्डी भेङ्कट रेड्डी, श्रीधरबाबू, पोङ्गुलेटी श्रीनिवास रेड्डी, पोन्नम प्रभाकर, ए. सीथक्का, नागेश्वर राव, जुपल्ली कृष्ण राव र कोंडा सुरेखा आदि सामेल छन्। यस अतिरिक्त गद्दम प्रसाद कुमारलाई स्पीकर बनाइएको छ।

शपथ ग्रहणपछि नयाँ मुख्यमन्त्री रेवन्त रेड्डीले भने, चुनावी अभियानमा गरिएका वाचाहरूलाई पूरा गरिनका साथै समग्र विकासको आकाङ्क्षालाई पूरा गर्ने प्रयास गरिनेछ। उनले भने, जनताका लागि उनको द्वार सदैव खुल्ला रहनेछ अनि प्रत्येक दिन प्रजा दरबारको रूपमा आयोजना हुने कार्यक्रममा जनतासित भेट गर्नेछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement