चीनी कम्पनी वीवोसित सम्बन्धित मनी लन्ड्रिङ मामिलामा चार्जशीट दर्ता

INDIA-VIVO-MOBILES-ARRESTS-0_1701930357185_1701930384179.jpeg

नयाँ दिल्ली: प्रवर्तन निदेशालय (ईडी) ले दिल्लीको पटियाला हाउस कोर्टमा चीनी स्मार्टफोन कम्पनी वीवोसित सम्बन्धित एक मनी लन्ड्रिङ मामिलामा बिहिवार चार्जशीट दर्ता गरेको छ।

ईडीले चार्जशीटमा वीवोका मेनेजिङ डायरेक्टर हरिओम राय समेत तीन चार जनालाई आरोपित बनाएको छ, जसलाई १० अक्टोबरमा पक्राउ गरिएको थियो। ईडीले हरिओम राय बाहेक चीनी नागरिक गोङवेन कुआङ, सीए नितिन गर्ग र राजन मलिक विरूद्ध प्रिवेन्शन अफ मनी लन्ड्रिङ एक्टका विभिन्न धाराहरू अन्तर्गत आरोपित बनाइएको छ।

ईडी अनुसार, लगभग ६२,४७६ करोड़ रूपियाँको रकम वीवोले गैरकानूनी रूपले चीन ट्रान्सफर गरेको थियो। यो रकम भारतमा ट्याक्सदेखि जोगिनका लागि चीनमा ट्रन्सफर गरिएको थियो। वीवोका मेनेजिङ डायरेक्टर हरिओम रायले पटियाला हाउस कोर्टमा जमानत याचिका दर्ता गरेका छन्। ईडीले उनको जमानत याचिकाको विरोध गरेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *