कोलकाताः चक्रवात मिचौङको प्रभावले गत पाँच दिनदेखि पश्चिम बंगालका तटीय जिल्लाहरूमा लगातार पानी परिरहेछ। बुधवार रातिदेखि दक्षिण २४ परगनाका तटीय क्षेत्रहरूमा हल्कादेखि मध्यम वर्षा र तीव्र हावा चलिरहेछ। बिहिवार पनि स्थिति यस्तै छ। यसले गर्दा राज्यमा व्यापक स्तरमा उम्रिने धानको फसललाई नोकसान पुगेको छ। नामखाना, सागर, काकद्वीप, डायमण्ड हार्बर, केनिङ, बसन्ती समेत दक्षिण २४ परगनाका धेरै क्षेत्रहरूमा किसानहरूलाई भारी नोकसान भइऱहेछ। यी क्षेत्रहरूमा बारीमा धानको फसल पाकेको छ, यसैले पानी परेपनि किसानहरूले युद्धस्तरमा धान काँटिरहेका छन् ताकि नोकसान कम होस्।
यस सम्बन्धमा सुब्रत पहाड़ी नाम गरेको किसानले भन्यो, पानी परेकोले गर्दा धान बारीमै छ। वर्षाको पानीले धानलाई नोकसान हुन्छ। यसैले परिवारका सबै सदस्यहरू हतार हतार बाकीबाट पाकेको धान जमा गर्नमा जुटेका छन्। उल्लेख्य, मिचौङ चक्रवातको कारण लगातार पानी पर्ने क्रम थप २४ घण्टासम्म जारी रहनेछ, जसले गर्दा बंगालमा फसलहरूलाई अझ् अधिक नोकसान हुनसक्छ। चक्रवातको प्रभावले चेन्नई र आन्ध्र प्रदेशमा १८ जनाको ज्यान गइसकेको छ जबकि धेरै क्षेत्रहरू बाढ़को चपेटमा छन्।
-हिस