बाइक र कारबीच भिड़न्तमा दुईको मृत्यु

IMG-20230410-WA0169-11-300x172-2

उत्तर दिनाजपुरः बाइक र कारबीच भिड़न्तमा एक किशोर समेत दुई जनाको ज्यान गएको छ जबकि एक अन्य व्यक्ति घाइते भएको छ। दुर्घटना हिजो अबेर राति बहादुरगञ्ज-किशनगञ्ज स्टेट हाईवेमा मोहरमारी गाउँ संलग्न क्षेत्रमा भएको हो। मृतकहरूको पहिचान मोहम्मद आजाद (१६) र मोहन कुमार (२२) को रूपमा गरिएको छ जबकि अर्जुन सिंह (२५) घाइते भएको छ, जसलाई अस्पतालमा भर्ती गराइएको छ।

जानकारी अनुसार, एउटा कार बहादुरगञ्जदेखि किशनगञ्जतिर गइऱहेको थियो भने बाइक बहादुरगञ्जबाट आइरहेको थियो। तब बाटोमा दुवैबीच जोडदार भिड़न्त भयो। जसबाट दुवै बाइक सवारको घटनास्थलमा मृत्यु भयो जबकि सड़क छेउ खड़ा अर्जुन सिंह घाइते भए। घटनापछि कार चालक त्यहाँबाट भाग्यो। कोचाधामन थाना पुलिसले दुवै वाहनहरूलाई जफत गरी घटनाको जाँच शुरू गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement