चक्रवातको प्रभावले बंगालमा लगातार पानी परेपनि तापक्रममा वृद्धि

IMG-20230410-WA0169-11-300x172-2

कोलकाताः पश्चिम बंगालको राजधानी कोलकाता समेत पूरा राज्यमा मौसममा आश्चर्यजनक तरीकाले परिवर्तन भइरहेछ। बंगालको खाड़ीमा उठेको चक्रवात मिचौङको प्रभावले राज्यका तटीय जिल्लाहरू राजधानी कोलकाता, हावड़ा, हुगली, उत्तर र दक्षिण २४ परगना तथा पूर्व र पश्चिम मेदिनीपुरमा गत छह दिनदेखि लगातार पानी परिरहेपनि तापक्रममा ह्रास हुनको साटो वृद्धि देखिएको छ, जसले गर्दा मौसम जनित रोगहरू बढ्न थालेको छ।

मौसम विभागको तर्फबाट बुधवार जारी बयान अनुसार, राजधानी कोलकातामा गत २४ घण्टामा १.४ मिलीमीटर वर्षा रेकर्ड गरिएको छ। आज पनि दिनभरि रोकिन्दै पानी पर्नेछ। खासगरी कोलकाता, हुगली, हावड़ा, तथा उत्तर र दक्षिण २४ परगनाका साथै पूर्व बर्धमानमा बिहानैदेखि लगातार पानी पर्नु शुरू भएको छ। तरैपनि न्यूनतम तापक्रम १९.५ डिग्री सेल्सियस रेकर्ड गरिएको छ, जुन सामान्यभन्दा तीन डिग्री धेरै छ। अधिकतम तापक्रम २६.४ डिग्री रेकर्ड गरिएको छ। उत्तर बंगालको अलीपुरद्वार, कूचबिहार, जलपाइगढ़ी, दार्जीलिङ र कालेबुङमा मौसम चिसो नै रहेछ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement