जलपाइगढी: पूरा जलपाइगढी कुहिरोले ढाकिएको छ। बिहीबार बिहानैदेखि दिन बढ्दै जाँदा हल्का घाम लाग्न थालेको छ। जलपाइगढीमा जाडोको माहोल छ। युवादेखि वृद्ध सबैले जाडोको लुगा र टोपी लगाएर सडकमा हिँडिरहेका छन्।

चिसो महशुस हुनेबित्तिकै चिया पसलमा मानिसको भीड देखिन्छ। सडक छेउमा रहेका पिठा पसलमा किन्नेहरू भेला हुन थालेका छन्।