रेलको ठक्करबाट एक जनाको मृत्यु

IMG-20231207-WA0110.jpg

जलपाईगुडी: रेलको ठक्करबाट एक जनाको मृत्यु भएको घटना बिहीबार बिहान धुपागुडीको फुलतली क्षेत्रमा भएको हो। मृत्यु हुनेको नाम निर्मल बसाक (४५) हो । उनको घर धुपगुरी नगरपालिकाको वडा नम्बर ९ प्रमोदनगर कोलोनीमा छ। मृतकको पारिवारिक श्रोतका अनुसार उनी हरेक दिन बिहान घुम्न निस्कने र रेलवे लाइनमा बोतल संकलन गर्ने गर्थे। यस दिन पनि उनी बिहानै घरबाट निस्किएका थिए। अप कामरुप एक्सप्रेसको ठक्करबाट सो‌ व्यक्तिको मृत्यु भएको स्थानीयको दाबी छ।

घटनाको जानकारी पाएलगत्तै जीआरपी घटनास्थल पुगेको थियो। रेलवे पुलिसले लाश बरामद गरी पोस्टमार्टमको लागि जलपाईगुडी सदर अस्पतालमा पठाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement