खरसाङ: राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले आज खरसाङको मकैबारी चियाबारीमा स्थानीय श्रमिकहरूसितै चियापत्ती टिपिन्। मुख्यमन्त्री ममताले नेपाली गोर्खा जातीय पोशाक चौबन्दी चोली र ढाका सारी लगाएर आफै टोकरी बोकेर मकैबारी चियाबारीमा श्रमिकहरूसितै चियापत्ती टिपिन्।

मुख्यमन्त्री ममता ब्यानर्जी हिज बुधबार खरसाङ आएर मकैबारीमा बसेकी थिइन्। उनी आज मकैबारी चियाबारी क्षेत्रको भ्रमणमा निस्केकी थिइन्। उनलाई मकैबारी चियाबारी क्षेत्रमा स्थानीयहरूले जातीय पोशाकमा लस्करै उँभिएर विशेष सांस्कृतिक कार्यक्रमसितै स्वागत जनाएका थिए। मुख्यमन्त्री ममताले आज मकैबारी चियाबारीको कारखाना पुगेर भ्रमण गर्दै मकैबारी चियाबारीको श्रमिकहरूसितै चियापत्ती टिपेकी छन्। उनले नेपाली गोर्खे जातीय पोशाक चौबन्दी चोली लगाएर आफै टोकरी बोकेर श्रमिकहरूसितै चियापत्ती टिप्ने कार्य गर्दै स्थानीय श्रमिकहरूसितै चियापत्ती टिपाईको आनन्द उठाएकी थिइन्। स्थानीय श्रमिकहरूसित पनि भलाकुसारी गर्दै उनले केही क्षण श्रमिकहरूसितै चियापत्ती टिपिन्। यस अवसरमा मकैबारी चियाबारीको स्थानीय श्रमिकहरू पनि राज्यकी मुख्यमन्त्रीसितै चियापत्ती चिप्न पाएर खुशी देखिएका थिए।

राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी हिज बुधबार खरसाङ आएर मकैबारी बसेकी थिइन्। उनले भोलि 8 दिसम्बर शुक्रबारको दिन खरसाङको मन्टिभियट खेल मैदानमा हुने सरकारी कार्यक्रममा सामेल हुने र सम्बोधन गर्ने कार्यक्रम रहेको छ।