गेजिङ: लामो समयदेखि निर्माण चलिरहेको शेर्पा भवन पूर्ण हुने तयारीमा पुगेको छ। सिक्किमको गेजिङ बर्मेक निर्वाचन क्षेत्र अन्तर्गत अप्पर मार्ताममा १ करोड ५० लाखको लागतमा निर्माण भइरहेको भवन सिक्किमका जनतालाई सुविधा प्रदान गर्नका साथै आवश्यक भौतिक विकासहरू गर्ने प्रतिबद्धता जाहेर गर्दै निर्माण गरिएको हो। सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सरकारले चार वर्षको छोटो कार्यकालमा आफ्ना वाचा अनुसार प्रशस्त विकास गर्दै आएको कुरा सर्वविदित छ। पूर्वाधार विकासतर्फ तीव्र गतिमा अघि बढिरहेका राज्यका समष्टिहरूसँगै गेजिङ बर्मेक निर्वाचन क्षेत्र पनि एक हो। वर्तमान सरकारले यस क्षेत्रमा शिक्षा, स्वास्थ्य, आवास योजना लगायतका क्षेत्रमा गुणस्तरीय पूर्वाधारहरूको व्यापक विकास गरिसकेको छ भने धार्मिक र सांस्कृतिक धरोहर केन्द्र निर्माण गर्ने कार्यमा पनि गेजिङ बर्मेक क्षेत्र धेरै अघि छ। विभिन्न जातिका धरोहर केन्द्रको निर्माण र सुन्दरीकरणका लागि शिलान्यास पनि भइसकेको छ। यसमध्ये यहाँको मार्ताम जीपीयू अन्तर्गत शेर्पा गाउँमा निर्माणाधीन ‘शेर्पा भवन’ पनि एक हो। यो भवन शेर्पा समुदायको दीर्घलम्बित माँग रहेको थियो। पूर्व सरकारलाई पनि समुदायको तर्फबाट अनुनयका साथ धेरैपटक ज्ञापन बुझाइएको हो, तर यसका लागि कुनै ठोस् कदम नचालिएपछि अन्ततः एसकेएम पार्टीको सरकारकालमा मुख्यमन्त्री प्रेमसिंह तामाङले सबै जातिप्रति राखेको समदृष्टि र निष्पक्ष नेतृत्व क्षमता अनि समष्टि विधायक तथा मन्त्री लोकनाथ शर्माको अथक प्रयास अनि आफ्नो जातिप्रति स्थानीय शेर्पा समुदायको दृढ सङ्कल्पका कारण स्वीकृत भइ भवन अहिले १ करोढ ५० लाखको लागतमा सुन्दर रूपमा निर्माण भइरहेको छ।