मन्त्री नेपालले गरे ११२ जना कृषकहरूलाई कृषि उपकरण वितरण

IMG-20231206-WA0225.jpg

सरकारले शुरू गरेको योजनाको लाभ कृषकहरूले उठाउनु पर्छः मन्त्री नेपाल

गान्तोक: कृषि एवम् वागवाणी विभागको पहलमा आज तादोङस्थित आईसीएआरको समिति भवनमा कृषकहरूलाई लिएर एक कार्यक्रम सम्पन्न भयो।

उक्त कार्यक्रममा विशेष गरेर कृषकहरूलाई चाहिने कृषि उपकरण वितरण गरियो।

यस अवसरमा कूल ११२ जनालाई कृषि उपकरण जस्तै पावर ट्रिलर, साफ कटर र स्पाइसेस ग्राइन्डर प्रदान गरियो। सो कार्यक्रममा राज्यका कृषि विभाग मन्त्री लोकनाथ नेपाल मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए भने विशिष्ट अतिथिमा विभागका सचिव जिग्मी दोर्जी भोटिया लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री नेपालले वर्तमान सरकारले कृषकहरूको आर्थिकस्तर मजबुत बनाउने उद्देश्यले विभिन्न प्रकारको कल्याणकारी योजना शुरू गरेको बताउँदै यसको लाभ कृषकहरूले उठाउनु पर्ने आग्रह गरे। एसकेएम सरकार कृषकहरूको हितमा रहेको कारण देशको कुनै पनि राज्यमा नभएको योजनाहरू शुरू गरेर कृषकहरूलाई आर्थिकरूपमा मजबुत बनाउने प्रयास भइरहेको अवगत गराए।

उनले विशेष गरेर कृषि क्षेत्रलाई प्राथमिता दिँदै सरकारले हाल उनीहरूको सुविधालाई ध्यानमा राख्दै विभिन्न प्रकारको मशिनहरू प्रदान गर्दै आइरहेको र यसको लाभ राज्यका धेरै कृषकहरूले लिइरहेको जानकारी गराए। कृषि क्षेत्रमा भविष्य रहेको कारण यसलाई सबैले अङ्गीकार गरेर अघि बढेमा अवश्य पनि राज्यका मानिसहरू अरूमाथि निर्भर रहनु नपर्ने सुझाउ दिए। तर वर्तमानका युवा पीढिहरू आत्मनिर्भर नबनेर अरूमाथि निर्भर रहनेको गरेको पनि उनले बताए।

अब राज्यका कृषकहरूले उत्पादन वृद्धि गर्ने दिशातर्फ लाग्नु पर्ने उनले आग्रह गरे।

यदि सबै जनाले खेतीपातीलाई प्राथमिकता दिएको खण्डमा सिक्किम आत्मनिर्भर बन्न सक्ने बताए। पहिला पहिलाका कृषकहरूले सरकारद्वारा प्रदान गरिएको बीउ मन नपराउने गरेको तर अहिलेको आधुनिक समयमा भने विज्ञानले धेरै उन्नति गरेको हुनाले यसलाई पनि अप्नाउनु पर्ने आग्रह गरे।

यसरी नै विभागका सचिव जिग्मी दोर्जी भोटियाले अब गोरू जोतेर फसल उत्पादन गर्ने समय नरहेको हुनाले सरकारले पावर ट्रिलर वितरण गरेको बताए। यसको माध्यमद्वारा छोटो समयमा धेरै बारी जोत्न सकिने मन्तव्य प्रकट गरे। अहिले विज्ञानले धेरै प्रगति गरेको हुनाले कृषकहरूलाई कृषि उत्पादनमा सहज हुने जानकारी गराए। उनले आज वितरण गरिएको मशिनको सदुपयोग गर्नु पर्ने र यदि बिग्रिएको खण्डमा सोझै सम्वन्धित निकायसँग सम्पर्क गरेर बनाउन सकिने बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement