मन्त्री नेपालले गरे रम्फूमा निर्माणधीन इफ्को-को निरीक्षण

IMG-20231206-WA0226.jpg

गान्तोक: राज्यमा उत्पादित जैविक बस्तुलाई अन्तरराष्ट्रिय बजारमा पुऱ्याउने उद्देश्यले रम्फूमा राज्य सरकार र इफ्को कम्पनीको संयुक्त पहलमा सिक्किम इफ्को कारखानाको निर्माण गरिएको छ।

एकसय करोडको लागतमा निर्माण गरिएको यस परियोजनाको उद्घाटन आगामी दुई महिनाभित्रमा हुन सक्ने मन्त्री लोकनाथ नेपालले जानकारी गराए।

आज मन्त्री नेपाल लगायत विभागका अधिकारीहरूले उक्त योजनाको निरीक्षण गरे। यस निर्माणधीन कारखानामा अलैंची, अदुवा, हल्दी र फापर पेकिङ गर्दै अन्तरराष्ट्रिय बजारमा पठाउन सकिने उनले मन्तव्य प्रकट गरे। अब राज्यका कृषकहरूद्वारा उत्पादित जैविक बस्तुको बजार व्यवस्थापनमाथि कृषकहरूले चिन्ता गर्नु नपर्ने सुझाउ दिएका छन्।

सिक्किम जस्तो सानो राज्यमा पहिलोपल्ट यस प्रकारको कारखाना निर्माण हुन लागेको र यसको निर्माणपछि स्थानीयहरूले पनि रोजगार पाउन सक्ने सम्भावना व्यक्त गरे। उनले बताए अनुसार, सो कम्पनीमा दुईसय भन्दा अधिक कर्मचारीहरूको आवश्यक रहेको र यी सबै कर्मचारीहरू स्थानीयहरूलाई नै नियुक्त गरिनुपर्ने उनले कम्पनीका अधिकारीहरूलाई निर्देश दिएका छन्।

उल्लेखनीय छ, हालसम्म राज्यमा उत्पादित अलैंची, अदुवा, हल्दी र फापरको बिक्री राज्य बाहिर गर्नुपर्ने बाध्यता रहेको थियो भने अब यो कम्पनीले नै किनेर पेकिङ गरेर राज्य बाहिर बिक्रीको व्यवस्था गर्ने भएको छ। अब राज्यका कृषकहरूद्वारा उत्पादित बस्तुको बजार व्यवस्थापनमाथि कृषकहरूले चिन्ता लिन नपर्ने बताएका छन्। यस कारखानामा प्रति घण्टा दुई टन बस्तु पेकिङ गर्ने क्षमता रहेको जानकारी गराए। यस कारखानामा बस्तीबाट ल्याइएको सबै बस्तुहरू कोल्ड स्टोरेजमा राखिने भएको कुनै पनि बस्तुहरू नबिग्रिने अवगत गराए।

एसकेएम पार्टी सरकारमा आएपछि कृषकहरूको हितलाई ध्यानमा राख्दै इफ्को निर्माण गरिएको र यसबाट कृषकहरूलाई धेरै पायदा हुन सक्ने जानकारी गराए। मन्त्री नेपालले कृषकहरूलाई अब जैविक उत्पादन दुई गुणा बढाउनु पर्ने सुझाउ दिए। सरकारले कृषकहरूलाई खेतीपाती प्रति प्रोत्साहन गर्नको निम्ति सबै उत्पादित बस्तुहरूमा प्रोत्साहन राशि पनि प्रदान गर्दै आइरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement