रम्फ: पश्चिम पाण्डाम क्षेत्रका विधायक एवं मन्त्री एलबी दासले साप्लेमा नवनिर्मित ग्राम प्रशासन केन्द्रको उद्घाटन गरे। उनले नवनिर्मित ग्राम प्रशासन केन्द्रको आधिकारिक उद्घाटन गरेर १ पश्चिम पाण्डाम वार्डका जनतालाई समर्पित गरेका छन्। उद्घाटन कार्यक्रम अवधि जिल्ला पञ्चायत सदस्य आरती दर्जी, डुगाका खण्ड विकास अधिकारी आईबी छेत्री लगायत अन्य विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो। यो उद्घाटन कार्यक्रमपछि उनले साप्ले सरदरे सरकारी उच्चतर माध्यमिक पाठशालाको वार्षिक खेलकुद समारोहमा भाग लिए।