मुख्यमन्त्रीको अगुवाईमा सिक्किमको प्रतिनिधि टोलीद्वारा अमित शाह र अर्जुन मुण्डासॅंग भेट

IMG-20231206-WA0228.jpg

नयाँ दिल्ली: मुख्यमन्त्री प्रेमसिंह तामाङको नेतृत्वमा दिल्ली गएको टोलीले आज देशको राजधानी नयाँ दिल्लीमा गृहमन्त्री अमित शाहसँग भेट गरे। यस प्रतिनिधि टोलीमा विधानसभा अध्यक्ष अरुण उप्रेती, मन्त्री बीएस पन्त, मन्त्री सञ्जित खरेल, मन्त्री भीमहाङ लिम्बू, लोकसभा सांसद इन्द्रहाङ सुब्बा साथै १२ जोतगोष्टिलाई प्रतिनिधित्व गर्दै डा. एसके राई, राजु बस्नेत, रोहीत राज गुरूङ अनि लिम्बू तामाङ समुदायलाई प्रतिनिधित्व गर्दै विरेन्द्र तामलिङ रहेको थियो।

मुख्यमन्त्री प्रेमसिंह तामाङले राज्य सरकारको तर्फबाट गृहमन्त्री समक्ष छोड़ीएका बाह्र जोतगोष्टिलाई जनजातिको मान्यदा दिनुपर्ने साथै लिम्बू तामाङ समुदायलाई विधानसभामा आसन आरक्ष दिनुपर्ने मागको ज्ञापन पत्र चढ़ाए। यसको साथै १२ जातगोष्टि साथै लिम्बू तामाङ समुदायको प्रतिनिधिहरूले पनि गृहमन्त्री समक्ष ज्ञापन पत्र चढ़ाए।

ज्ञापन पत्रहरू स्वीकार गर्दै गृहमन्त्री अमित साहले यो विषयमा गहनतापूर्वक जाँच गरेर शीघ्र यसमाथि कार्य गर्ने सबैलाई आस्वस्त गराए। लामो समयदेखिको मागलाई सुन्नको निम्ति समय उपल्बध गराएकोमा मुख्यमन्त्री तामाङले गृहमन्त्रीलाई सम्पूर्ण सिक्किमेहरूको पक्षबाट आभार व्यक्त गरे। यसको साथै यी दुवै मुद्दा फत्ते नभएसम्म राज्य सरकारले इमान्दारीपूर्वक कार्य गर्ने प्रतिवद्धता व्यक्त गरे। यसरी आज नै मुख्यमन्त्री प्रेमसिंह तामाङको नेतृत्वमा एकोस, टीएन ढकाल समिति अनि लिम्बू तामाङ आसन आरक्षण समितिले जनजाति मामिला मन्त्री अर्जुन मुण्डासँग भेट गरेर ज्ञापन चढ़ाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement