तृणमूल विधायकले युवकलाई उठ-बस गराए

IMG-20230410-WA0169-11-300x172-2

हुगलीः हुगली जिल्लाको चुन्चूड़ाको विधायक असित मजूमदारको एउटा भीडियो सोशल मीडियामा तीव्र गतिमा भाइरल भइरहेछ, जसमा विधायकले एक युवकलाई कराउँदै उसको कान समाएर उठ-बस गराइरहेका छन्।

वस्तुतः यो भीडियो मंगलवारको हो, जब विधानसभाबाट फर्किने क्रममा विधायकले काजीडाङ्गा नजिक केही युवकहरूलाई पोलबा अस्पतालका स्वास्थ्यकर्मी शुभोजित ब्यानर्जीलाई घेरेर अपमानित गरिरहेको देखे। विधायकले तुरन्तै गाड़ी रोके औं तल झरे। विधायकलाई देख्नसाथ युवक भागे तर त्यहाँ एक युवक भाग्न सकेन र विधायकले उसलाई कराए औं कान समाएर उठ-बस गराए। त्यसपछि युवकलाई स्वास्थ्यकर्मीसित माफी माग्न लगाए। युवकले माफी मागेपछि उसलाई जान दिइयो। स्वास्थ्य कर्मीले घटनाको सूचना बन्डेल पुलिस चौकीलाई दियो।

बुधवार मामिला चर्चामा आएपछि भाजपाको तर्फबाट मामिलामाथि कटाक्ष गर्दै भनियो, एकातिर तृणमूल कांग्रेसले कसैलाई पनि कानून आफ्नो हातमा नलिनु भन्छ फेरि अर्कोतिर तृणमूल विधायकले आफ्नो हातमा कानून लिएको देखिन्छन्। भाजपाले सोध्यो, यदि युवकले कुनै अपराध गरेको थियो भने उसलाई पुलिसलाई किन सुम्पिएन, विधायकले आफै कानून किन आफ्नो हातमा लिए।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement