कोलकाताः पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले चक्रवात मिचौङले प्रभावित तमिलनाडूका मानिसहरूप्रति आफ्नो समवेदना व्यक्त गरेकी छन्। चक्रवातमा चेन्नईमा १७ र तिरूपति जिल्लामा एक नानीको मृत्युको साथ मर्नेहरूको संख्या बढ़ेर १८ पुगेको छ। यसमा मुख्यमन्त्री ममता ब्यानर्जीले शोक व्यक्त गरेकी छन्। सीएमले ट्वीट गरिन्, तमिलनाडूका आपदा पीड़ितहरूप्रति मेरो समवेदना छ। यहाँ चक्रवात मिचौङले १६ जनाको ज्यान लिएको छ र अन्य ठाउँ पनि भोरी नोकसान गरेको छ।
तमिलनाडूका मुख्यमन्त्री एमके स्टालिनलाई ट्याग गर्दै ममताले लेखिन्, मेरा भाई सीएम स्टालिनले आपदा प्रबन्धन अभियानहरूको बहादुरीले नेतृत्व गरिरहेका छन् र म तपाईको तथा चेन्नाई र तमिलनाडूका संकटग्रस्त मानिसहरूप्रति आफ्नो एकजुटता र समर्थन व्यक्त गर्दछु। आन्ध्र प्रदेशमा पनि प्रभावितहरूप्रति समर्थन र एकजुटता जाहेर गरिरहेछु।
-हिस