भारत-बांग्लादेश सीमा क्षेत्रबाट दुई बांग्लादेशी पक्राउ

IMG-20230528-WA0320-5-300x172-2

कोचबिहारः जिल्लामा भारत-बांग्लादेश सीमामा तैनात उत्तर बंगाल फ्रन्टियरको जलपाइगढ़ी सेक्टर अन्तर्गत ९८औं बटालियन सीमा सुरक्षा बल (बीएसएफ) को बर्डर आउट पोस्ट (बीओपी) चेङड़ाबान्धाका सतर्क सीमा प्रहरीहरूले दुई बांग्लादेशी नागरिकहरूलाई समाएका छन्। पक्रा परेका बांग्लादेशी नागरिकहरूको नाम लिटन दास (४०) र अतुल चन्द्र सागर (२८) बताइएको छ।

जानकारी अऩुसार, यी दुई बीओपी चाङराबाऩ्धा क्षेत्रमा वीआईपी मोड़ नजिक संदिग्ध रूपमा घुमिरहेको समय सीमा प्रहरीहरूले य़िनीहरूलाई समाए। सोधपुछमा दुवै बांग्लादेशी नागरिकले बताए, यिनीहरू आफ्नो निजी कामले कुइरो लागेको फायदा उठाएर दाहग्राम अंगारपोटा एन्क्लेवको बाड़ नभएको क्षेत्रबाट दलालहरूको मद्दतले अवैध रूपमा भारतमा प्रवेश गरेका थिए। पक्रा परेका दुवै बांग्लादेशी नागरिकहरूलाई जफत गरिएको समानको साथ अघिको कारबाहीको निम्ति बीएसएफले मेखालीगञ्जा थानालाई सुम्पेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement