केवल ७८१ पद रिक्त, शिक्षा मन्त्रीको दाबी प्रश्नको घेरामा

IMG-20230410-WA0169-11-300x172-2

कोलकाताः पश्चिम बंगालका शिक्षा मन्त्री ब्रात्य बसुले राज्यमा प्राथमिक, उच्च प्राथमिक, माध्यमिक र उच्चतर माध्यमिक स्तरमा शिक्षकहरूको पद धेरै कम्ती रहेको दाबी गरेका छऩ्। अब उनको यो दाबी प्रश्नहरूको घेरामा आएको छ। मंगलवार विधानसभामा उनले भनेका थिए, राज्यमा सबै स्तरहरूमा ७८१ शिक्षकहरूको पद खाली छ उनी अनुसार हायर सेकेन्डरीमा १३, सेकेन्डरीमा २८, अपर प्राइमरीमा ४७३ र प्राइमरीमा २६७ पद खाली छन्। कोर्टको निर्देशानुसार उनले यी पदहरू भर्नेछन्।

विधानसभामा शिक्षा मन्त्रीको दाबी यसैले प्रश्नको घेरामा खड़ा भएको छ किनभने हालमा कलकत्ता हाईकोर्टले राज्यमा २९ हजार पदमा नियुक्ति गर्ने आदेश दिएको थियो जुन अहिलेसम्म हुन सकेको छैन। मन्त्री अनुसार, पछिल्लो गणना अनुसार, ७८१ रिक्त पद छन्। अहिले नव सृजित पदहरूमा नौकरी चाँहनेहरूलाई भर्ती गरिनेछ। उनले यो पनि दाबी गरे कि शिक्षकहरूको नियुक्तिमा धेरै प्रकारका समस्याहरू हुन्छन्, कोर्टमा मामिला चलिरहेछ, सीबीआईले जाँच गरिरहेछ तर वास्तमा ७८१ पदहरू खाली छन्।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement