पीएमको निम्ति असंसदीय भाषा प्रयोग गरेकोमा भाजपाद्वारा तृणमूलका ६० विधायकहरूविरूद्ध प्राथमिकी दर्ता

IMG-20230410-WA0169-11-300x172-2

कोलकाताः पश्चिम बंगाल भाजपाले वर्तमान विधानसभा सत्र अवधि प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहको लागि कथित रूपमा असंसदीय भाषा प्रयोग गरेकोमा तृणमूल कङ्ग्रेसका ६० जना विधायकहरूविरूद्ध अलग-अलग प्राथमिकी दर्ता गराएको छ। सदनमा विपक्षका नेता शुभेन्दु अधिकारीले बुधवार उक्त आशयको जानकारी गराए।

यसपूर्व राज्यकी वित्तमन्त्री चन्द्रिमा भट्टाचार्यद्वारा गत सोमवार साँझ ममता ब्नर्जीलाई लिएर आपत्तिजनक भाषामा लेखिएको टी-शर्ट पहिरिएकोमा विपक्षका नेता सहित अन्य भाजपा विधायकहरूविरूद्ध प्राथमिकी दर्ता गराइएको थियो। भाजपाको यस कदमलाई जवाफको रूपमा हेरिँदैछ।

उल्लेखनीय छ, दुवै प्राथमिकी मध्य कोलकातास्थित हेयर स्ट्रीट थानामा दर्ता गरिएको छ। सम्बन्धित अधिकारी अनुसार मामिलामा कुनै प्रकारको पुलिस कारबाही हुँदैन भन्ने कुरा जान्दा-जान्दै पनि रेकर्डको लागि प्राथमिकी दर्ता गराउने विकल्प चुनेका छन्। उनले भने, म यी सबै अपराधीहरूलाई आश्वस्त पार्न चाहन्छु कि एक दिन तपाईहरू सबैली यस किसिमको अपमानजनक व्यवहारको लागि दण्डित गरिनेछ। अब त्यो दिनको प्रतीक्षा मात्र छ।

भाजपाले जुन दिग्गज मन्त्रीहरूको नाममा प्राथमिकी दर्ता गराएको छ त्यसमा फिरहाद हकीम, अरूप विश्वास, चन्द्रिमा भट्टाचार्य, सुजित बोस, बीरबाहा हाँसदा, पुलक राय औ ब्रात्य बसु सामेल छन्।

-हिस

About Author

Advertisement