इंग्ल्याण्डका पूर्वप्रधानमन्त्री जोनसनलाई कोरोना महामारी गलत व्यवस्थापनको आरोपमा सोधपुछ गरिने

Boris-Johnson

इंग्ल्याण्डका पूर्वप्रधानमन्त्री बोरिस जोनसनले कोभिड–१९ महामारीलाई कसरी व्यवस्थापन गरे भन्ने विषयमा दुई दिनसम्म सोधपुछ गरिने भएको छl यहाँ उनले आफ्नो पक्षमा तर्क दिनेछन्। जोनसनले सोधपुछमा माफी माग्ने र उनको सरकारले महामारीको समयमा गल्ती गरेको स्वीकार गर्ने अपेक्षा गरिएको छ। तर जोनसनका नजिकका स्रोतहरूले अन्तर्राष्ट्रिय संचारमध्यमलाई बताएअनुसार उनले तर्क गर्नेछन्, उनले धेरै महत्त्वपूर्ण निर्णयहरू लिए जसले मानिसहरूको जीवन बचाएको छ। सोधपुछको क्रममा, जोनसनका पूर्व सहकर्मीहरूले कोभिडको समयमा उनको कामको भारी आलोचना गरेका छन्। उनका पूर्व संचार निर्देशक ली केनले भनेका छन्, ‘महामारी जोनसनको ‘स्किल सेट’को लागि ‘गलत संकट’ थियो, र महत्त्वपूर्ण निर्णयहरू ढिलाइ भएको थियो। सरकारका पूर्व मुख्य वैज्ञानिक सल्लाहकार सर प्याट्रिक भ्यालेन्सले भने कि जोनसनले वैज्ञानिक डाटा ‘बुझ्न’ असमर्थ थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *