अब चाढै गृहमन्त्रीसंग हाम्रो औपचारिक वार्ता हुनेछ अनि दिल्ली दिनु तयार छ तर अब हामी समर्पित हुनुपर्छ: विधायक निरज जिम्बा
दार्जिलिङ: गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले दार्जिलिङमा छैटौं अनुसूची सम्झौता दिवस पालन गरेको छ। गोर्खा दु:ख निवारक सम्मेलन भवन दार्जीलिङमा उक्त कार्यक्रम पालन गरेका थिए। गोरामुमो केन्द्रीय समिति उपाध्यक्ष किशोर गुरुङको अध्यक्षतामा सम्पन्न भएको समारोहलाई पुरण राईले सञ्चालन गरेका थिए। कार्यक्रममा प्रमुख अतिथिको रुपमा दार्जीलिङ विधानसभा क्षेत्रका विधायक एवं गोरामुमो केन्द्रीय समिति सेक्रेटरी जेनरल निरज जिम्बाको उपस्थिति रहेको थियो भने गोरामुमो दार्जीलिङ ब्राञ्च कमिटी अध्यक्ष एमजे सुब्बा, केन्द्रीय समिति प्रवक्ता वाई लामा, केन्द्रीय समिति सदस्यगण, भ्रातृ संगठनका प्रतिनिधिवर्ग लगायत गोरामुमो कार्यकर्ताहरुको उपस्थिति थियो। प्रमुख वक्ताको रुपमा बोल्दै विधायक निरज जिम्बाले भने, ‘आज पहाडमा गोर्खाहरुको निम्ति लोकसभामा बिल आएन भनेर हल्ला गर्दैछ तर बिल त २००५ मा आएको हो त बिरोध गर्यो आफ्नै भाग्य डुबाउने कार्य गर्यो। हामी एनडीएको सहयोगी हौं। यसै कारण गोरामुमो अध्यक्ष मन घिसिङ दिल्लीमा हुनुहुन्छ वहाँले काम गर्दैछ।’
विधायक जिम्बाले अघि भने, ‘अध्यक्ष मन घिसिङको कार्यशैली आप्पा सुवास घिसिङको जस्तै छ। स्थायी राजनैतिक समाधान के हो त्यो हामीलाई थाहा छ दिल्ली सजिलो छैन। अब छैटौं अनुसूची सम्झौता दिवसलाई अब मान्यता दिवसको रुपमा पालन गर्ने समय आउँदैछ। हाम्रो हुन्छ राम्रो पनि हुन्छ।’

उनले अझ भने, ‘अब चाढै गृहमन्त्रीसंग हाम्रो औपचारिक वार्ता हुनेछ। दिल्ली दिनु तयार छ तर अब हामी समर्पित हुनुपर्छ। दिल्लीले सही नेतृत्वको हातमा दिन्छ। राम्रो चीजलाई अब आउनु दिनु हुँदैन बिरोध गरेर मात्र हुँदैन। राजनीति भावनामा बगेर गर्नु हुँदैन। अहिले नै म सबै कुरा भन्नु मिल्दैन दिल्लीको शुभ समाचार चाढै सुन्न सक्नेछौं। दिल्लीलाई अब एउटा मौका छ गोर्खाहरुलाई न्याय दिने त्यो मौका दिल्लीले गुमाउनु हुँदैन।’