मुख्यमन्त्री ममता उत्तर बंगालको यात्रामा

CM-Mamta-Banerjee-4

काेलकाता: पश्चिम बंगालकी मुख्युमन्त्री ममता ब्यानर्जी बुधवार राज्यको उत्तरी जिल्लाहरूका आधिकारिक यात्रामा रहनेछिन् र उनी त्यहाँ एक पारिवारिक बिहे समारोह बाहेक धेरै सार्वजनिक वितरण कार्यक्रमहरूमा सामेल हुनेछिन्।

उनी बिहिवार खरसाङ शहरमा एक सार्वजनिक वितरण समारोहमा सामेल हुनेछिन् औं त्यही दिन यही एक बिहे समारोहमा हिस्सा लिनेछिन्। एक अधिकारी अनुसार, मुख्यमन्त्रीले खरसाङमा केही दिन बिताउनेछिन्। उनी एक लोकप्रिय चिया कमान क्षेत्रमा बस्नेछिन्।

बिहे समारोहमा सामेल हुन तृणमूल कांग्रेसका महासचिव अभिषेक ब्यानर्जी अगावै खरसाङ पुगिसकेका छन्। तृणमूल प्रमुखको ९ दिसम्बरमा बंगालको उत्तरी मैदानी क्षेत्रहरूको यात्रा गर्ने कार्यक्रम पनि छ। अधिकारी अनुसार, ब्यानर्जीले अलीपुरद्वारमा १० दिसम्बर र जलपाइगढ़ीमा ११ दिसम्बरमा प्रशासनिक र सार्वजनिक वितरण समारोह आयोजित गर्ने सम्भावना छ। कार्यक्रमहरूमा मुख्यमन्त्रीद्वारा चिया कमानहरूका लगभग चार हजार निवासीहरूलाई भूमि अधिकार दस्तावेज बाँड्न सकिन्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement