खरसाङ: एनएच ५५ अन्तर्गत महानदी नजिक सिविटार चियाबारी जाने रोडमा आज बिहानको पैह्रोले क्षतिग्रस्त बनाएको छ। महानदीदेखि सिविटार जाने जिरोमा आज बिहान पैह्रो गएको छ। उक्त पैह्रोको कारणले गर्दा एनएच ५५ को आधा भाग नै लगेको छ भने सिविटार चियाबारी जाने रोड नै ब्लक भएको छ।

पैह्रोको कारणले महानदी र खरसाङ क्षेत्रबाट सिविटार चियाबारीको यातायात विच्छिन्न बनेको छ। आज बिहान पैह्रो गएपछि सिविटार जाने रोड बन्द भएपछि गाड़ीहरू ट्रान्सिप गरिरहेको जानकारी प्राप्त भएको छ। महानदी नजिक एनएच ५५ मा गएको पैह्रोले सड़क मुनिपट्टि रहेको तेञ्जिङ भोटियाको घरलाई खतरा भएको छ। एनएच ५५ मा पैह्रो गएपछि सिविटार चियाबारी जाने रोडमा सबै ढुङ्गाहरू रहेको छ भने पैह्रो अलिकति तलतिर झरेको भए तेञ्जिङ भोटियाको घरलाई क्षतिग्रस्त बनाउने थियो।

अहिले पनि उनको घरलाई निक्कै खतरा उत्पन्न भएको छ। महानदीमा गएको पैह्रो हेर्न विभागीय कर्नचारीहरु आए पनि सम्बन्धित विभागका अभियन्ता पर्सितिर मात्र आउने स्थानीयहरूले बताएका छन्। महानदीको पैह्रो विषयमा पैह्रो मुनिपट्टि रहेको तेञ्जिक भोटियाकू पत्नी रञ्जु भोटियाले पत्रकारहरूसित कुराकानी गर्दै यो सड़कको प्रोटेक्शन वाल पहिलेबाटै भत्किन्दै थियो र हामीले धेरैलाई भनेपनि कसैले ध्यान दिएन तर आज यसरी बिहान पैह्रो गयो बनी बताइन्। उनले यो पैह्रोले हाम्रो घरलाई धेरै खतरा उत्पन्न भएको छ र हाम्रो घरमाथि पैह्रोको थुप्रो हटाए हाम्रो घरलाई माथिबाट थिच्छ त्यसैले हामीले यो पैह्रो हटाउन नदिएको बताएकी छन्। यो पैह्रो बनाए एकदमै राम्रो प्रकारले बनाएको होस् र हाम्रो घरको सुरक्षा भएको होस् भनी बताएका छन्।