पश्चिम बङ्गाल तृणमूल कानूनी सेल सम्मेलन डिसेम्बर ९ मा सिलगढीमा आयोजित हुने

IMG-20231206-WA0192.jpg

सिलगढी: पश्चिम बंगाल तृणमूल लिगल सेलको सम्मेलन ९ डिसेम्बरमा दीनबन्धु मञ्च, सिलगढीमा आयोजना हुँदैछ। मेयर गौतम देवले बुधबार सिलगढीको पि डब्ल्यु डी निरीक्षण बंगलामा पत्रकार सम्मेलनमा यो जानकारी दिए। मेयर गौतम देवले यस दिन २३ जिल्लाका अलावा उत्तर बङ्गालका विभिन्न जिल्लाबाट दुई हजारभन्दा बढी अधिवक्ता तथा कानूनसँग आवद्ध व्यक्तिहरुको सहभागिता रहने जानकारी दिए। यो सम्मेलन बिहानैदेखि सुरु हुनेछ। जहाँ ख्यातिप्राप्त वकिलहरुले देशको समसामयिक अवस्थालगायत विभिन्न विषयमा छलफल गर्नेछन्। सम्मेलनमा शान्ति सुरक्षा, सामाजिक नीतिलगायतका धेरै महत्वपूर्ण विषयमा छलफल हुनेछ। तृणमूल लिगल सेलको यति ठूलो सम्मेलन सिलगढीमा यसअघि कहिल्यै भएको थिएन। मुलुकको वर्तमान अवस्थामा यो सम्मेलन निकै महत्वपूर्ण छ।
सम्मेलनको उद्घाटन राज्यका कानूनमन्त्री मलय घटकले गर्नेछन्। यस सम्मेलनमा सहरी विकास मन्त्री फिरहाद हाकिम र अन्य मन्त्रीहरुको पनि उपस्थिति रहने बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement