मिजोरममा लालदुहोमाले ८ दिसम्बरमा मुख्यमन्त्रीको शपथ लिने

Lalduhoma

आइजवल: विधानसभा चुनावमा जोरम जनआन्दोलन (जेडपीएम)ले ठूलो जित हासिल गरेपछि मंगलबार राति ८ बजे मुख्यमन्त्रीका दावेदार लालदुहोमा निवासमा पार्टी व्यवस्थापिका दलको बैठक बसेको छ। जेडपीएमले विज्ञप्ति जारी गर्दै मुख्यमन्त्रीको सपथ ग्रहण ८ दिसम्बरमा जनाएको छ। जेडपीएमले ४० सदस्यीय राज्य विधानसभामा २७ सिट जितेको छ। जबकि एमएनएफले १० सिट मात्र जितेको छ। मिजोरम विधानसभा चुनावमा हार बेहोरेको मिजो नेशनल फ्रन्ट (एमएनएफ)ले मंगलबार निवर्तमान शिक्षामन्त्री लालचन्दमा राल्टेलाई विधायक दलको नेतामा चयन गरेको छ। निवर्तमान मुख्यमन्त्री जोरमथाङ्गाको निवासमा भएको बैठकमा डम्पा विधानसभा क्षेत्रबाट निर्वाचित एमएनएफ सल्लाहकार लालरिन्टलुङ्गा सेलोलाई विधायिका दलको उपनेता निर्वाचित गरियो। यसअघि विधानसभा चुनावमा पार्टीको नराम्ररी पराजय भोगेपछि निवर्तमान मुख्यमन्त्री जोरमथांगाले ३३ वर्ष लामो कार्यकालपछि मंगलबार पार्टी अध्यक्ष पदबाट राजीनामा दिएका थिए।

विधानसभा चुनावमा मिजो नेशनल फ्रन्ट (एमएनएफ)को पराजयपछि मिजोरमका निवर्तमान मुख्यमन्त्री जोरमथांगाले ३३ वर्ष लामो कार्यकालपछि पार्टी अध्यक्ष पदबाट मंगलबार राजीनामा दिएका छन्। एमएनएफ वरिष्ठ उपाध्यक्ष तवान्लुइयालाई पठाइएको आफ्नो राजीनामा पत्रमा, जोरामथांगाले पार्टी अध्यक्षको रूपमा चुनावमा पराजयको नैतिक जिम्मेवारी लिने बताएका छन्। यस निर्वाचनमा एमएनएफले १० सिट मात्र जितेको छ। पार्टीको मिडिया सेलका महासचिव क्रास्नेहजोभाले जोरामथांगाको राजीनामा स्वीकृत गर्ने वा नगर्ने निर्णय गर्न एमएनएफ राष्ट्रिय कोर कमिटीको बुधबार बैठक बस्ने बताए। १९९० मा लालदेंगाको मृत्यु पछि, जोरामथांगा एमएनएफको अध्यक्ष बने। यस चुनावमा एमएनएफले १० सिट मात्र जितेको छ भने २०१८ को विधानसभा चुनावमा पार्टीले २६ सिट जितेको थियो। जोरामथांगा आफैंले आफ्नो आइजवल पूर्व-१ सिट जेडपीएम  उपाध्यक्ष लालथानसांगासँग २,१०१ मतको अन्तरले पराजित भए। जेडपीएम  ले ४० सदस्यीय राज्य विधानसभामा २७ सिट जितेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement