गोरुबथान: आज अनुज्ञालय संस्था एवं जिल्ला कानुनी सेवा प्राधिकरण कालेबुङका संयुक्त आयोजनामा फापरखेती जूनियर हाइ स्कूलका विद्यार्थी एवं शिक्षकहरूलाई लिएर एउटा जनचेतनामुलक कार्यक्रम गरियो। अनुज्ञालय संस्थाको पक्षबाट बाल सुरक्षा कर्मी प्रदेश राईले संस्थाको परिचय एवं यूएनसिआरसी अन्तर्गत चार मुख्य अधिकारबारे प्रकाश पारे।

बाल सुरक्षा कर्मी एवं पी०एल०भी० उज्ज्वल राईले, नानीहरुमा ईन्टरनेट, मोबाइल, सामाजिक सञ्जालको मनोवैज्ञानिक प्रभाव उदाहरण सहित प्रस्तुत गरिएको थियो भने, पी०एल०भी० राजु सार्कीले जिल्ला कानुनी सेवा प्राधिकरण परिचय, यसबाट पाउने सुभिदा, कसरी आपिल गर्ने उपाई। यसले कस्तो कस्तो केस कभर हुन्छ, के के नियमहरू छन् आदि, कुनै पनि केस डी०एल०एस०ए०-को अधीनमा चाँडै सकिने, आदि बुझे। सम्पूर्ण नानीहरूलाई आफ्नो अभिभावक अनि गाउँको मानिसहरूलाई पनि बताउने बारे जनाए। कार्यक्रममा ३५ जना विद्यार्थी एवं तीनजना शिक्षकहरूको उपस्थिति रहेको थियो।