अब दार्जीलिङ जिल्ला अस्पतालमा नै डायलेसिसको सुविधा पाउने

anit-2.jpg

हो कर्म नै हाम्रो सिद्धान्तको पहलको परिणाम हो: अनित थापा

दार्जिलिङ: अब दार्जीलिङ जिल्ला अस्पतालमा नै डायलेसिसको सुविधा पाउने भएको छ। यसको लागि जीटीए चिफ् अनित थापाले दार्जीलिङ्वासीहरूलाई बधाई दिएका छन्। उनले आज एक प्रेस विज्ञप्ति जारी गर्दै सुपथ मूल्यमा अब दार्जीलिङ जिल्ला अस्पतालमा नै डायलेसिसको सुविधा पाउने र यो हो कर्म नै हाम्रो सिद्धान्तको पहलको परिणाम हो भनी बताएका छन्।
उनले विज्ञप्तिमा भनेका छन् -‘हामीले धेरै अघिदेखि नै सरकारसँग डायलेसिस केन्द्रको मांग राखेका थियौं र त्यो मांग आज प्राप्त हुँदैछ। दार्जीलिङ पहाडका मानिसहरूको स्वास्थ्य सुरक्षामा एउटा खुड्किलो पार गर्दै दार्जीलिङ जिल्ला अस्पतालमा 5 बेडको डायलेसिस केन्द्र स्थापित हुने सूचना प्राप्त भएको छ। यो केन्द्र दार्जीलिङ्ग पहाडका रोगीहरूको उपचारमा सहयाेगी बन्नेछ।’
स्वास्थ्य अनि परिवार कल्याण विभाग, पश्चिम बंगाल सरकारले आज जारी गरेको डायलेसिस केन्द्र स्थापनाको निम्ति पालन गर्नु पर्ने टेक्निकल कुराहरूको स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर (SOP) मा दार्जीलिङ जिल्ला अस्पताललाई पनि सूचीमा गाँभेको छ। अब विस्तारै पहाडका अन्य अस्पतालहरूमा पनि यो सुविधा ल्याउनेछौं भनी जीटीए प्रमुख कार्यपाल अनित थापाले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement