मुख्यमन्त्रीको खरसाङमा हुने जनसभालाई लिएर तयारी तीब्र

IMG-20231206-WA0176.jpg

खरसाङ: राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीको पहाड़ आगमनलाई लिएर तयारी चलिरहेको छ। मुख्यमन्त्री आज पहाड़ आईरहेकी छन्। मुख्यमन्त्रीलाई स्वागत खरसाङमा तयारी पूरा गरिएको छ। उनी आज खरसाङमा आएर बस्ने कार्यक्रम रहेको छ। उनी भोलि बिहीबार खरसाङमा पारिवारिक विवाह समारोहमा सामेल हुने तथा आगामी 8 दिसम्बरको दिन खरसाङमा जनसभालाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ। आगामी ८ दिसम्बरमा खरसाङको मन्टिभियट खेल मैदानमा राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीको कार्यक्रम रहेको छ।

उक्त कार्यक्रमको लागि मन्टिभियट खेल मैदानमा तयारी चलिरहेको छ। उक्त ठाउँमा मञ्च तयार पार्ने कार्य चलिरहेको छ। आज पनि उच्च अधिकारीहरूले मन्टिभियट खेल मैदानमा उपस्थित भएर तयारीको जायजा लिईरहेका छन्। आगामी 8 दिसम्बरको अपरान्ह एक कार्यक्रमहबीच विभिन्न सहुलियतहरू लाभार्थीहरूलाई वितरण गरिने कार्यक्रम र सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement