केआईएफएफ २०२३: सलमान खानले गरे मुख्यमन्त्री ममता ब्यानर्जीको प्रशंसा

कोलकाता इन्टरनेसनल फिल्म फेस्टिभल २०२३

कोलकाता: वर्षको सबैभन्दा रोमाञ्चक समय कोलकातामा शुरु भएको छ। फ्यानहरू हरेक वर्ष कोलकाता इन्टरनेसनल फिल्म फेस्टिभल २०२३ (केआईएफएफ) को प्रतीक्षा गर्छन्। ५ दिसम्बरबाट शुरु भएको हो। फिल्म फेस्टिभलको उद्घाटन समारोहमा सलमान खान, महेश भट्ट, अनिल कपूर, सोनाक्षी सिन्हा र शत्रुघ्न सिन्हा जस्ता स्टारहरू सहभागी भएका थिए। यस क्रममा सलमान पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीसँग डान्स गरेको देखियो। उद्घाटन समारोहमा सलमान खान र ममता ब्यानर्जीको भिडियो सार्वजनिक भएको छ। जसमा उनी स्टेजमा उभिएको देख्न सकिन्छ। सलमानले मुख्यमन्त्री ममतालाई नाच्न आग्रह गरेका छन्। उनले शुरुमा अस्वीकार गरिन् तर महेश भट्टले उनलाई लगे। सबै स्टारहरु सँगै नाच्छन्। यस्तो अवस्थामा सलमान खान र मुख्यमन्त्री ममता ब्यानर्जी सँगै डान्स गरेको देखियो।

कोलकाता इन्टरनेशनल फिल्म फेस्टिभल २०२३ दिसम्बर ५ देखि १२ दिसम्बरसम्म चल्नेछ। यसमा भारतदेखि रोमानिया, मेक्सिको, जर्मनी, फ्रान्सलगायत बंगलादेश र काजाकिस्तानसम्मका फिल्म पनि देखाइने छन्। यस फिल्म फेस्टिभलको उद्घाटन समारोहमा सलमान खान कालो प्यान्ट सुट–बुट र शर्ट लगाएर निकै सुन्दर अवतारमा पुगेका थिए। डान्स गर्दा उनले आफ्नो चर्चित दबंग डान्स स्टेप पनि गरे। सोनाक्षी सिन्हाले यसमा साथ दिएकी थिइन्। यस समारोहमा सलमान खानले फ्यानहरूसँग अन्तरक्रिया पनि गरेका थिए। सलमान खानले भने, ‘यो सबैभन्दा ठूलो फिल्म फेस्टिभलमध्ये एक हो। म यहाँ आउन पाउँदा खुशी छु। जब दिदीले मलाई निम्तो दिनुभयो, मेरो दिमागमा यति मात्र थियो कि मैले उनको घर हेर्नुपर्छ। मलाई साँच्चै मेरी दिदीको ईर्ष्या लाग्छ किनभने उनको घर मेरो भन्दा सानो छ। मेरो घर पनि सानो छ। त्यसैले उनको घर मेरो भन्दा सानो भएकोमा म खुशी छु। मेरो भन्दा सानो घरमा उनको ओहोदाको कुनै मान्छे कसरी बस्न सक्छन्?’

कार्यक्रममा शत्रुघ्न सिन्हा पनि सहभागी थिए। यहाँ बोल्दै उनले भने, ‘जुनसुकै क्षेत्रका राम्रा मानिसहरु अगाडि आएर राजनीतिको हिस्सा बन्नु पर्छ। राम्रा मान्छे राजनीतिमा आएनन् भने नराम्रोले शासन गर्नेछन्। असल मान्छे अगाडि आउनु पर्छ। मुख्यमन्त्री ममता ब्यानर्जीले समयसँगै आफूलाई प्रमाणित गरिन्। यी दिनहरूमा ममता ब्यानर्जी, तपाईं डराउनु पर्दैन, तपाईं आइरन लेडी हुनुहुन्छ। आफ्नो लडाइ जारी राखनुहोस्l’ सुपरस्टार शाहरुख खान प्रायः कोलकाता इन्टरनेशनल फिल्म फेस्टिभलमा सहभागी हुने गर्दछन्। मुख्यमन्त्री ममता ब्यानर्जीसँग उनको राम्रो मित्रता छ। ममता शाहरुखलाई आफ्नो भाइ मान्छिन्। दुवै फिल्म फेस्टिभलमा सँगै देखिएका छन्। तर, यसपटक शाहरुख खान उद्घाटन समारोहमा अनुपस्थित रहे र उनको स्थान सलमान खानले लिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *