राजगञ्ज: बलुवा तस्करी गर्न अगावै बलुवा बोकेको चारवटा डम्पर जफत गरेको छ। राजगञ्जका बीडीओ प्रशान्त बर्मनले आज गजलडोबा फुलबारी क्यानल रोडबाट चारवटा बलुवा बोकेको डम्पर जफत गरेको छ। गजलडोबा फुलबारी टिस्टा क्यानल रोड भएर दिनहुँ सयौँ बलुवा-ढुङ्गा बोकेको डम्पर चलाचल गर्ने गर्दछ। मुख्यतः उदलाबारी इलाकाबाट उक्त बलुवा-ढुङ्गा विभिन्न ठाउँमा लैजाने गर्दछ। गैरकानुनी रूपमा बलुवा-ढुङ्गा लगिरहेको अभियोग पाएपछि आज उक्त इलाकामा अभियान चलाएर चारवटा बलुवा बोकेको डम्पर जफत गरेको बताइएको छ। राजगञ्जका बीडीओ प्रशान्त बर्मनले बताएअनुसार विभिन्न माध्यमबाट बलुवा तस्करी भइरहेको अभियोग पाएपछि आज अभियान चलाएर गजलडोबा इलाकाबाट बलुवा बोकेको चारवटा डम्परलाई रोकेर चालकलाई बलुवाको वैध कागजपत्र माग्दा सो देखाउन सकेनन्। सरकारी नियम पालन नगरेर यस प्रकारको कार्य गर्नेहरूविरुद्ध लगातार अभियान चलाइनेछ।