नाइजेरियामा सेनाको ड्रोन दुर्घटना हुँदा ८५ जनको मृत्यु

Drone-copy

लागोस: नाइजेरियाली सेनाको ड्रोन दुर्घटना हुँदा देशको उत्तरपश्चिमी कादुना राज्यको एउटा गाउँमा आइतबार कम्तिमा ८५ जना मानिसहरूको मृत्यु भएको राज्य संचालित आपतकालीन एजेन्सीले जनाएको छ। उत्तरपश्चिम क्षेत्रीय कार्यालयले स्थानीय अधिकारीबाट प्राप्त गरेको विवरणअनुसार अहिलेसम्म ८५ जनको शव प्राप्त भएको छ भने, अन्य हराइरहेका मानिसको खोजी जारी रहेको राष्ट्रिय आपतकालीन व्यवस्थापन एजेन्सीले आफ्नो फेसबुक पेजमा मंगलबार उल्लेख गरेको छ। यता सेनाले भने असावधानीले ड्रोन दुर्घटना हुँदा मुस्लिम पर्व मनाउँदै गरेका मानिस पीडित भएको बताएको छ। यद्पि सेनाले कुनै हताहतीको तथ्यांक दिएको छैन। तर त्यहाँका बासिन्दाले भने ८५ जना मारिएको दाबी गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *